गठबन्धनको बैठक सम्पन्न, यस्ता छन् निर्णय « Khabarhub

गठबन्धनको बैठक सम्पन्न, यस्ता छन् निर्णय


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो ।

बिहीबार बसेको गठबन्धनको बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय गरेको हो । कार्यक्रमको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्ने जनाएको छ । यस्तै कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवलमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने छ । कार्तिक ५ गते विराटनगरमा हुने भेला पनि कांग्रेसले नै व्यवस्थापन गर्नेछ । 

कार्तिक ५ गते जनकपुर,  कार्तिक ६ गते धनगढीमा भेला हुनेछ । भेलाको क्रमशः कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ । यस्तै कार्तिक ६ गते सुर्खेतमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने र कार्तिक ७ गते काठमाडौंमा हुने भेलाको माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ । 

कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी हुने गठबन्धनले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ८ : ०४ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र