विश्वकप फुटबल : फिफाद्वारा आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला  | Khabarhub Khabarhub

विश्वकप फुटबल : फिफाद्वारा आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला 



दोहा – फिफाले कतारमा रहेका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला गरेको जनाएको छ।

कतारमा विश्वकपका लागि परियोजनाहरू निर्माण गर्दा घाइते भएकाहरूलाई क्षतिपूर्ति बापत सहयोग गर्न चाहेको फुटबल निकायका एक शीर्ष अधिकारीले बिहीबार युरोपेली सांसदहरूलाई जानकारी गराएका बताइएको छ।

फ्रान्सको स्ट्रासबर्गमा भएको युरोप काउन्सिलको बैठकमा फिफाका उपमहासचिव अलास्डेयर बेलले ४६ राष्ट्रको समूहका सांसदहरूलाई भने, ‘विश्वकपमा काम गर्दा चोटपटक लाग्ने जो कोहीलाई हेर्न प्रयास गर्नु महत्त्वपूर्ण छ।’

एमनेस्टी इन्टरनेशनलकाअनुसार फिफाले क्षतिपूर्तिको लागि ४४० मिलियन डलर योगदान गर्नुपर्छ।

‘कतारले श्रमिक सहायता कोष स्थापना गरेको छ। उसले २०२० देखि १७ देशका ३६ हजार भन्दा बढी कामदारहरूलाई क्षतिपूर्ति बापत् १६४ मिलियन डलर तिरेको छ।’  ह्युमन राइट्स वाचले अगस्टमा सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै भनेको छ।

आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ३६ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित