विश्वकप फुटबल : फिफाद्वारा आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला  « Khabarhub

विश्वकप फुटबल : फिफाद्वारा आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला 



दोहा – फिफाले कतारमा रहेका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला गरेको जनाएको छ।

कतारमा विश्वकपका लागि परियोजनाहरू निर्माण गर्दा घाइते भएकाहरूलाई क्षतिपूर्ति बापत सहयोग गर्न चाहेको फुटबल निकायका एक शीर्ष अधिकारीले बिहीबार युरोपेली सांसदहरूलाई जानकारी गराएका बताइएको छ।

फ्रान्सको स्ट्रासबर्गमा भएको युरोप काउन्सिलको बैठकमा फिफाका उपमहासचिव अलास्डेयर बेलले ४६ राष्ट्रको समूहका सांसदहरूलाई भने, ‘विश्वकपमा काम गर्दा चोटपटक लाग्ने जो कोहीलाई हेर्न प्रयास गर्नु महत्त्वपूर्ण छ।’

एमनेस्टी इन्टरनेशनलकाअनुसार फिफाले क्षतिपूर्तिको लागि ४४० मिलियन डलर योगदान गर्नुपर्छ।

‘कतारले श्रमिक सहायता कोष स्थापना गरेको छ। उसले २०२० देखि १७ देशका ३६ हजार भन्दा बढी कामदारहरूलाई क्षतिपूर्ति बापत् १६४ मिलियन डलर तिरेको छ।’  ह्युमन राइट्स वाचले अगस्टमा सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै भनेको छ।

आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ३६ बजे

एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने

काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ

देउवा आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने भएपछि विमानस्थलमा

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं– कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता

प्युठानमा पाँच जनाको बेवारिसे शव फेला

काठमाडौँ – प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका खोलाका किनारमा

प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली