कञ्चनपुरका किसानलाई धान काट्न चटारो « Khabarhub

कञ्चनपुरका किसानलाई धान काट्न चटारो


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढेको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पुर्‍याएकामा उनी निकै चिन्तित छन् ।

‘लगातारको एक सातासम्मको वर्षाले पाकेको धानबाली काटन पाएनौँ’, उनले भने, ‘धानको बोटमा लागेको बालामा भएका दाना उम्रिन थालेका छन, ढलेको धान पुरै उम्रिएर कामै नलाग्ने भएको छ ।’ वर्षभरी परिवारका लागि खानका लागि चाहिने धानबाली भित्र्याउनमै ध्येय रहेको उनले बताए। उनले भने, ‘निर्वाचनका बेला उम्मेदवार गहकिला प्रतिबद्धता ल्याएर आँउछन्, चुनाव जितेर गएका किसानको अवस्था सोध्नका लागि पुग्दैनन्, किसानले समयमै रासायनिक मल, बीउ पाउदैनन् ।’

धानबाली भित्र्याउन पाए वर्षभरिका लागि खान पुग्ने भएकाले पुरै परिवार धान काटनमै व्यस्त रहेको उनले बताए । गत वर्ष धानबालीमा निकै नोक्सानी भयो, थोरै मात्र क्षतिपूर्ति पाइयो, यस वर्ष पनि गत वर्ष झैँ नोक्सान भएको किसान तुलसीराम चौधरीले बताए । 

‘धानबालीमा ठूलो क्षति भए पनि बीउ खरिदका लागि पुग्ने रकम क्षतिपूर्तिका रुपमा पाएनौँ, धानबालीमा ठूलो क्षति व्यहोरेका किसानले एक हजार, दुई हजारमात्रै क्षतिपूर्ति पायौँ, किसानको हित नसोच्ने उम्मेदवारलाई मत हाल्दैनौँ’, उनले भने । ‘किसानका लागि मल, बीउ, सिँचाइ, तालिम, सहुलियत दरमा कृषि औजार उपकरण उपलब्ध गराउने उम्मेदवार रोजाइमा रहेका छन्’, कृष्णपुर नगरपालिका–२ बाणीका किसान शोभा खुनाले भने, ‘काम गर्नेलाई मात्रै मत हाल्छौँ ।’

प्रतिनिधिसभा र प्रदेशसभामा पुगेर दरोरुपमा किसानका मुद्दा उठान गरी नीति बनाउन हैशियत राख्ने उम्मेदवारले मत पाउने उनको भनाइ छ । ‘विगतका चुनावमा किसानका मुद्दालाई  निकै उठाइयो, राजनीतिक दलले चुनावी प्रतिवद्धतापत्रमा पनि ती कुरा उल्लेख गरे, काम गरेनन्’, करन धामीले भने, ‘यसपटक पार्टीलाई हेर्दैनौँ, काम गर्ने उम्मेदवारलाई हेर्छौ।’

कृषिउपज बजारसम्म पुऱ्याउनका लागि गतिलो सडक नै छैन, विगतका चुनावमा मत माग्न आउने उम्मेदवारलाई समक्ष यस कुरालाई निकै जोडतोडका साथ उठाएका हौँ”, बेलौरीका किसान अशोक चौधरीले भने, ‘स्तरोन्नतिसमेत हुन सकेको छैन, सडक कालोपत्र गर्ने, उत्पादित कृषिजन्य वस्तुको बजार प्रवर्द्धनका लागि व्यवस्था गर्ने, कोल्डस्टोर स्थापना गर्नेलाई मत हाल्छौँ ।’ उत्पादित कृषिजन्य वस्तुको बजार नपाउँदा निकै सस्तोमा बेच्नुपर्ने भएकाले सहजरुपमा किसानले मूल्य पाउनेगरी बजारको व्यवस्थाको माग गरिएको उनले बताए । 

निर्वाचन आयोगबाट उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह पाएपछि उम्मेदवार चुनावी प्रचारमा जुटेका छन् । उम्मेदवारले चुनावी प्रचारप्रसारका लागि रणनीति तयार गर्ने, पार्टी कार्यकर्तासँग छलफल गर्ने कार्य पूरा गरेका छन् । प्रचारप्रसारका लागि मतदाताको घरदैलोमा पुग्नेक्रम सुरु भएको छ । जिल्लाका किसानले उम्मेदवारको प्रतिवद्धतापत्र मात्रै नहेरेर कार्य गर्ने हैसियत राख्ने उम्मेदवारलाई मत हाल्ने मनसाय जाहेर गरेका छन् । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १ : ५६ बजे

प्रदेश सरकार बनाउन तीन दलको तानातान, प्रचण्ड निर्णायक, ओलीमाथि सबै सशंकित

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको एउटा

विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता

हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दलहरू एक ठाउँ उभिनुपर्ने जिकिर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हङकबाट राजनीतिक सन्देश जारी

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र

ब्याटिङमा नेपाल फेरि फितलो, नामिबियालाई १५८ रनको सामान्य चुनौती

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत श्रृंखलाको पहिलो खेलमा