‘जाने भए जाउ माया’ म्युजिक भिडियो सार्वजनिक « Khabarhub

‘जाने भए जाउ माया’ म्युजिक भिडियो सार्वजनिक


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक प्रकाश सपुतरेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भावनात्मक यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ । गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ । गीतलाई कोविद बज्रले सङ्गीत संयोजन गरेका हुन् ।  

सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘जाने भए जाउ माया’ म्युजिक भिडियो गायक गुरुङको रिलिजको तयारीमा रहेको एल्बम ‘सहना’ मा सङ्ग्रहित गीत हो ।  एल्बम नोभेम्बर १३ मा विमोचन हुने गायक गुरुङले बताए । एल्बम रिदम स्क्रीन क्रिएसन र वि द बेस्टको सहयोगमा तयार पारिएको हो । म्युजिक भिडियोमा प्रकाश सपुतरेश्मा घिमिरेले श्रीमान् र श्रीमतीको भूमिकामा अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा ‘जाने भए जाउ माया फर्की नआऊ माया’, ‘भन्थ्यौ तिमी म संसार थिएँ, सुख र दुःखमा ज्यानै दिन्थेँ’, ‘हात छोड्यौँ साथ छोड्यौँ, सँगसँगै हिँडेको बाटै मोड्यौँ’, ‘माया छोडी गएपछि दिल तोडी गएपछि’ लगायत बोलका गीत समावेश गरिएको छ ।

बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गुरुङको च्यानल ‘सरन गुरुङ’ मार्फत् सार्वजनिक भएको हो । हाल अमेरिकामा बस्दै आएका गायक गुरुङले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ६ : ५३ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै

किएभ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने

बाजुरामा भूकम्पको धक्का

काठमाडौं- बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार साँझ ६

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

काठमाडौं– सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं – स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने

हितेन्द्रदेवलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ऊर्जामन्त्री कुलमान घिसिङद्वारा बर्खास्त गरिएका हितेन्द्रदेव शाक्यलाई