छाडा पशुचौपाया व्यवस्थापनको उपाय खोज्दै घोडाघोडी नगरपालिका « Khabarhub

छाडा पशुचौपाया व्यवस्थापनको उपाय खोज्दै घोडाघोडी नगरपालिका


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकामा छाडा पशुचौपायाको व्यवस्थापनका लागि घोडाघोडी नगरपालिकाले पालिकाभित्रका सामुदायिक वनसँग छलफल गरेको छ ।

छलफलमा सामुदायिक वनका पदाधिकारीले नगरपालिकालाई घरघरमा भएका गोरुको डाटा सङ्कलन, प्रत्येक सामुदायिक वनमा कान्जी हाउस निर्माण गर्न र छाडा पशुचौपाया छोड्नेलाई जरिवानासहित कार्यवाही गर्न सुझाव दिएका छन् । छाडा पशुचौपायाको दिगो व्यवस्थापनका लागि नगरपालिका पहिला अग्रसर भएको खण्डमा सामुदायिक वन त्यसमा सयकार्य गर्न तयार भएको सामुदायिक वनका पदाधिकारीको भनाइ थियो ।

अहिले ठूलो समस्या र चुनौतीका रूपमा रहेको छाडा चौपाया व्यवस्थापन चाँडो गर्नुपर्ने टेङ्नुवा महिला सामुदायिक वनका अध्यक्ष मैना ढकालले बताए । छलफलबाट आएका राय सुझावअनुसार छाडा चौपाया व्यवस्थापन गरिने नगरप्रमुख खडकबहादुर रावतले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : ४० बजे

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी- म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई

सेवाग्राहीका घरमा राहदानी पुर्‍याउँदै चितवन प्रशासन

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब

मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई

सर्लाही पुगेर गगनले भने : म हार्दा धेरै साथी र शुभेच्छुकहरू रूनुभयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा