गलत परम्परा तोड्नका लागि मेरो उम्मेदवारी : रेखा थापा | Khabarhub Khabarhub

गलत परम्परा तोड्नका लागि मेरो उम्मेदवारी : रेखा थापा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरङ – अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएकी छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरीशनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन् ।

रेखाले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताइन् । यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उनले बताइन् ।

उनले आफू कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाइन् ।

थापाले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा थुप्रै काम गर्ने बताइन् ।

‘म आट लिएर यो क्षेत्र बनाउने महान अभियानमा जुटेको छु,मलाई एकपटक सेवा गर्न दिनुहोस्, सिर्फ पाँच वर्षका लागि,’ उनले भनिन्, ‘म यो ठाउँकी छोरी हुँ । धेरै बोल्न र नेताहरूजस्तो अभिनय गर्न जान्दिनँ । मलाई नेताहरूको जस्तो भाषण गर्न आउँदैन। कलाकारको तुलनामा नेताहरू बोल्न र अभियन गर्न सिपालु हुन्छन् ।’

उनले आफूलाई जिताए जनप्रतिनिधि भनेको रेखा जस्तै हुनुपर्छ भन्ने गौरव गर्न लायक बन्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १० : ०८ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते