अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा « Khabarhub

अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भुसालसहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालको उम्मेदवारीले अर्घाखाँचीमा तरंग सृजना गरेको छ ।

१५ वर्षदेखि अर्घाखाँचीमा एकछत्र राज गर्दै आएका रायमाझीदेखि जिल्लाको प्रतिनिधित्व गर्दै संसद्मा पुगेकी पुष्पा भुसालको अगाडि जिल्लामै रहेर सामाजिक गतिविधिमा सक्रिय भुसालको उम्मेदवारीले चुनावी रौनक बढेको छ । रायमाझी र भुसाल मैदानमा रहे पनि स्वतन्त्र पत्रकार संघको अध्यक्ष भएर सामाजिक गतिविधिमा देखाएको सक्रियताले आफूले निर्वाचन जित्ने दाबी गर्छन पत्रकार भुसाल । 

यता, एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल भने अर्घाखाँचीको प्रतिनिधित्व गर्दै विभिन्न मन्त्रालयसहित उपप्रधानमन्त्री समेत बनिसकेका टोपबहादुर रायमाझीको प्रतिस्पर्धा सत्तागठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग मात्र रहेको बताउँछन् । स्थानीय तहको निर्वाचनको मतका आधारमा पनि अर्घाखाँचीमा आफूहरूको सहज जित हुने कांग्रेस नेताहरूको अपेक्षा छ । ‘हामीसँग यसै पनि बहुमत छ,’ कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले भने ।

घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालले आफ्नो प्रतिष्पर्धा कुनै व्यक्ति वा पार्टीसँगभन्दा पनि प्रवृत्तिसँग रहेको जिकिर गरे । यो पटक अर्घाखाँचीले नयाँ सन्देश दिने उनको विश्वास छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  २ : ४७ बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण