शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखीकरण सुरु  « Khabarhub

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखीकरण सुरु 


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– शैक्षिक गुणस्तर अभिवृद्धिका लागि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले विद्यालय शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण सुरु गरेको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले विज्ञ उपस्थित गराएर चार दिने शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण सुरु गरेको हो ।

१ कात्तिकमा समापन गर्नेगरी १५ वडाका वडाध्यक्ष, विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षलाई सहभागी गराएर शनिबारदेखि अभिमुखीकरण सुरु गरिएको हो । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विधि र उपायको खोजीमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको छ । सामुदायिक विद्यालयप्रतिको विश्वास घट्दो छ,’ मेयर भट्टराईले भने, ‘यसमा स्थानीय सरकारको कहाँ कमजोरी भयो ? शिक्षकको कहाँ कमजोरी भयो रु अभिभावकको कहाँ, कसरी कमजोरी भयो रु यावत समस्या पहिचान गर्दै हल गर्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको हो ।’ 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ४६ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली