तीन जिल्लाको सुरक्षा समन्वय बैठक « Khabarhub

तीन जिल्लाको सुरक्षा समन्वय बैठक


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा– गोरखाको पालुङटारमा नजिकका तीन जिल्लाको सुरक्षा बैठक संयुक्त रूपमा बसेको छ । गोरखा, लमजुङ र तनहुँको जिल्ला सुरक्षा समितिको पदाधिकारी बैठक बसेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।

बैठकले तीनै जिल्लाको भूमि प्रयोग गरी शान्ति र सुरक्षालाई प्रभावित पार्ने काम निस्तेज पार्न आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । सुरक्षालाई प्रभावित पार्न सक्ने परिस्थिति नियन्त्रणका लागि छलफल गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

आसन्न निर्वाचनलाई शान्ति र भयरहित वातावरणमा सम्पन्न गर्न आपसी सहकार्य गर्ने निर्णय पनि भएको छ । तीनै जिल्ला प्राकृतिक तथा मानव निर्मित विपतबाट आक्रान्त भएकाले भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण र उद्धारका काममा सहयोग आदानप्रदान गर्न सहमत भएका छन् ।

अपराध नियन्त्रण, लागूऔषध ओसारपसार तथा प्रयोग नियन्त्रण, सूचना आदानप्रदानलगायत विषयमा छलफल गरी निर्णय गरिएको आचार्यले बताए । बैठकले नदीजन्य उत्खनन र निकासीबारे पनि छलफल गरेको छ । कानुनविपरीतका सबै काम रोक्ने र गलत गर्नेलाई कानुनी दायरामा ल्याउन आवश्यक समन्वय गर्ने समझदारी भएको आचार्यले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : २२ बजे

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका