शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन « Khabarhub

शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । पोखरा सभागृहहलमा सम्पन्न खेलका आधारमा समग्रमा ५९ अङ्कसहित आर्मी टिम च्याम्पियन भएको हो ।

शारीरिक सुगठनतर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले पाँच स्वर्ण जितेको हो । यस्तै आयोजक गण्डकी प्रदेशले तीन, नेपाल प्रहरी, एपिएफ र प्रदेश नं १ ले एक–एक स्वर्ण हात पारेका छन् ।

टिम च्याम्पियन बन्ने क्रममा आर्मीले पाँच स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको थियो । प्रदेश नं १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र तीन कास्य पदक जितेको हो । यसैगरी एपिएफले स्वर्णसहित तीन रजत र दुई कास्य पदक जितेको हो ।

प्रतियोगितामा मधेस प्रदेशले दुई रजत, बागमतीले दुई रजत, एक कास्य, लुम्बिनी प्रदेशले दुई रजत र दुई कास्य जितेको छ । कर्णाली प्रदेश पदकविहीन बन्दा सुदूरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनुपरेको हो । प्रतियोगितामा सात प्रदेशसहित तीन विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ५८ बजे

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले