शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन « Khabarhub

शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । पोखरा सभागृहहलमा सम्पन्न खेलका आधारमा समग्रमा ५९ अङ्कसहित आर्मी टिम च्याम्पियन भएको हो ।

शारीरिक सुगठनतर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले पाँच स्वर्ण जितेको हो । यस्तै आयोजक गण्डकी प्रदेशले तीन, नेपाल प्रहरी, एपिएफ र प्रदेश नं १ ले एक–एक स्वर्ण हात पारेका छन् ।

टिम च्याम्पियन बन्ने क्रममा आर्मीले पाँच स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको थियो । प्रदेश नं १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र तीन कास्य पदक जितेको हो । यसैगरी एपिएफले स्वर्णसहित तीन रजत र दुई कास्य पदक जितेको हो ।

प्रतियोगितामा मधेस प्रदेशले दुई रजत, बागमतीले दुई रजत, एक कास्य, लुम्बिनी प्रदेशले दुई रजत र दुई कास्य जितेको छ । कर्णाली प्रदेश पदकविहीन बन्दा सुदूरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनुपरेको हो । प्रतियोगितामा सात प्रदेशसहित तीन विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ५८ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न