आचारसंहितामा कडाइ गर्न सीडीओलाई गृहसचिव सिंहको निर्देशन « Khabarhub

आचारसंहितामा कडाइ गर्न सीडीओलाई गृहसचिव सिंहको निर्देशन


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहसचिव विनोदबहादुर सिंहले ४ मंसिरमा तय भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता पालनामा कुनै कसुर बाँकी नराख्न भनेका हुन्। आचारसंहिता कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकार रहन्छ।

सिंहले जिल्लाको शान्ति सुरक्षा कायम गर्न दत्तचित्त भएर लाग्न र त्यसमा समन्वय गर्न मन्त्रालय हरदम तयार रहेको बताए।

निर्वाचन आयोगका पदाधिकारीसमेतको उपस्थितिमा भएको भर्चुअल बैठक गृह सचिव सिंह र आयोगबाट निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ०९ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार