नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक | Khabarhub Khabarhub

नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

मुम्बई– नोरा फतेही बलिउडकी लोकप्रिय डान्सरमध्ये एक हुन् । उनी टेलिभिजनमा एक डान्स रियालिटी शोमा निर्णायक पनि छिन् । नोराले ठूला फेस्टिभल तथा इभेन्टमा नृत्य प्रस्तुति दिँदै आएकी छन् । यिनै नोरालाई बंगलादेशको सरकारले ढाकामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी जनाउन रोक लगाएको छ ।

बंगलादेश सरकारले डलर बचाउन यो निर्णय लिएको हो । बंगलादेशको सांस्कृतिक मामिलाको मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय फिल्म उद्योगमा आफ्नो कामका लागि लोकप्रिय नोरा फतेहीलाई वैश्विक स्थितिलाई मध्यनजर गर्दै र विदेशी मुद्रा भण्डारलाई बचाउन ढाकामा प्रस्तुति दिन अनुमति नदिइएको उल्लेख गरेको छ ।

नोरालाई वुमेन लिडरसिप कर्पोरेसनले आयोजना गर्न लागेको एक कार्यक्रममा नृत्य प्रस्तुत गर्न र अवार्ड दिन बोलाइएको थियो । सांस्कृतिक मन्त्रालयले घट्दो विदेशी मुद्रा भण्डारबीच डलरको भुक्तानीमा केन्द्रीय बैंकको प्रतिबन्धलाई दाबी गरेको छ । जुन १२ अक्टोबरसम्म घटेर ३६ दशमलब ३३ बिलियन डलर भएको हो । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ११ बजे

‘जेन-जी आन्दोलनको आगजनी नियन्त्रण गर्न महानगरको दमकलको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेन-जी आन्दोलनका क्रममा भएको

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि

तुलसीपुर– लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

भोजपुर– सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि

दिल्ली विस्फोट : १० वर्षदेखि जैशसँग जोडिएकी डा. शाहिन जागिर छोडेर भनिन्

नयाँ दिल्ली– दिल्लीमा बम विस्फोट गरेको आरोप लागेका डा. उमरसहित

कम्बोडियामा बर्ड फ्लूबाट युवकको मृत्यु

फ्नोम पेन्ह- क्याम्बोडियामा २२ वर्षीय एक युवक ‘एच५एन१’ फ्लुबाट मृत्यु भएको