गरिबी उन्मूलनका लागि कदम चाल्न राष्ट्रसङ्घका महासचिव गुटेरेसको आह्वान « Khabarhub

गरिबी उन्मूलनका लागि कदम चाल्न राष्ट्रसङ्घका महासचिव गुटेरेसको आह्वान


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गरिबी उन्मूलनका निम्ति तत्काल विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले विश्वका लाखौँ जनता कोभिड–१९ का कारण गरिबीतर्फ धकेलिएको, चार वर्षभन्दा बढी समयको मेहनतले प्राप्त प्रगतिलाई पछाडि धकेलेको, असमानताका खाडल अझ फराकिला भएका, राष्ट्रिय एवम् घरेलु अर्थतन्त्रमा रोजगारीका अवसर गुमेको, खाद्यान्न र ऊर्जाको मूल्य बढ्दा र विश्वव्यापी मन्दीको छायामा वर्तमान विश्व रूमल्लिएको बताए ।

एकै समयमा जलवायु सङ्कट र उग्र द्वन्द्वले ठूलो पीडा निम्त्याइरहेको, सबैभन्दा अधिक पीडा गरिब जनताले भोगिरहेका, विकासोन्मुख देश आर्थिक वृद्धिका निम्ति लगानीका स्रोत र ऋण राहतमा पहुँच बढाउन असमर्थ हुँदा दिगो विकास लक्ष्य हासिल गर्न कठिन भएको उनको भनाइ छ ।

महासचिव गुटेरेसले स्वास्थ्य र सभ्य काम, लैङ्गिक समानता, सामाजिक सुरक्षा, खाद्य सुरक्षा रशिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिए । रोजगारी सिर्जना गर्ने हरित अर्थतन्त्रमा लगानी बढाउन अपरिहार्य भएको पनि उनले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।

राष्ट्रसङ्घीय महासभाका अध्यक्ष साबा कोरोसीले पनि जलवायु परिवर्तन, कोभिड–१९, सबै खाले द्वन्द्वका साथै युक्रेनमा जारी युद्धको अन्त्यबाट विश्व शान्ति प्रवर्द्धन तथा गरिबी उन्मूलनमा सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : २५ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका