आलोचनात्मक ट्वीट गर्ने अमेरिकी नागरिकलाई साउदीमा १६ वर्ष जेल « Khabarhub

आलोचनात्मक ट्वीट गर्ने अमेरिकी नागरिकलाई साउदीमा १६ वर्ष जेल


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रियाद – साउदी अरेबियामा पक्राउ परेका एक अमेरिकी नागरिकलाई सरकारको आलोचना गर्ने ट्वीट लेखेको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको उनको छोरालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

साउदी नागरिकता भएका ७२ वर्षीय साद इब्राहिम अल्मादीलाई नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न फ्लोरिडाबाट रियाद गएको बेला पक्राउ गरिएको थियो।

उनको छोराले पहिलो पटक उक्त घटनाबारे सार्वजनिक रूपमा बोलेका छन्, जुन उनकै शब्दमा अमेरिकी आधिकारिक सल्लाहविपरीत हो। साउदी अधिकारीहरूले बाबुलाई गिरफ्तार गरेपछि यातना दिने अवस्थाहरूमा राखिएको उनले आरोप लगाए। आफ्ना बाबु जेलमै मृत्यु भएको आफूले देख्न नचाहेको पनि उनले बताएका छन्।

जेल सजाय सुनाउने साउदी अदालतले उनलाई राज्यलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई समर्थन र आर्थिक सहयोग गरेकोमा दोषी ठहर गरेको थियो। अदालतमा अल्मादीले पोस्ट गरेका १४ ट्वीटलाई आधार बनाएर उनलाई सजाय तोकिएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १० : ०७ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा