सशस्त्र प्रहरीद्वारा ९० लाख बराबरको चिनी बरामद | Khabarhub Khabarhub

सशस्त्र प्रहरीद्वारा ९० लाख बराबरको चिनी बरामद


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

परासी – नवलपरासी-बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट रु ९० लाखको अवैध चिनी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले आज बिहान प्रतापपुर गाउँपालिका–२ बाट ना६ख २१९७ नंको ट्रकमा रहेको ४२० बेरा (२१ हजार केजी) र रामग्राम नगरपालिका–५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु१ख ९८७१ नंको ट्रकमा रहेको ४२० बोरा (२१ हजार केजी) गरी ४२ हजार केजी चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण बेलाशपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्रीले राससलाई जानकारी दिए ।

बरामद चिनीको प्रारम्भिक मूल्य रु ९० लाख अनुमान गरिएको उनले बताए । चिनीसँगै ओसारपसारमा संलग्न दुईवटै ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको उनले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ०७ बजे

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा