रुसले अलास्कानजिकै बमवर्षक विमान उडाएपछि अमेरिकाद्वारा लडाकु विमान परिचालन « Khabarhub

रुसले अलास्कानजिकै बमवर्षक विमान उडाएपछि अमेरिकाद्वारा लडाकु विमान परिचालन


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको अलास्का राज्यनजिकै रुसी वायुसेनाले वमवर्षक विमान उडाएपछि अमेरिकाले पनि लडाकु विमान परिचालन गरेको छ ।

अलास्का राज्यनजिकैबाट रुसी वायुसेनाका दुई बमवर्षक विमानले उडान भरेपछि अमेरिकी वायुसेनाका दुई एफ १६ लडाकु जेट परिचालन गरिएको उत्तर अमेरिकी हवाई रक्षा कमाण्ड नोराडले जनाएको छ ।

रुसी वायुसेनाका दुई टुपोलेभ टियू ९५ बेयर एच बमवर्षक विमानले अलास्काको हवाई रक्षा पहिचान क्षेत्र (एडीआईएजेड) मा उडान भरेको नोराडले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

ती बमवर्षक विमानले अमेरिकी वा क्यानाडेली सार्वभौम हवाई क्षेत्रमा प्रवेश नगरेपनि हवाई रक्षा पहिचान क्षेत्रमा उडान भरेको नोराडले जनाएको छ । राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै उक्त क्षेत्रमा उडान भर्ने जहाजको पहिचान गर्ने गरिएको बताइएको छ ।

अमेरिका र क्यानाडाको संयुक्त रक्षा संगठन नोराडले रुसी हवाई गतिविधिबाट कुनै उत्तेजना वा खतरा उत्पन्न नभएको जनाएको छ ।

युक्रेनमा जारी रुसी आक्रमणसँगै रुस र अमेरिकाबीच तनाव बढिरहेका बेला रुसी वायुसेनाले अलास्काको हवाई क्षेत्रनजिकैबाट बमवर्षक विमान उडाएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : २६ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति