निर्वाचन आयोगद्वारा माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार « Khabarhub

निर्वाचन आयोगद्वारा माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोध्नुका साथै उनलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचारसमेत गरेको छ । 

आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था गर्ने अभिव्यक्ति दिएको भन्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको हो । 

रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ‘बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी दिएको वक्तव्य सामाजिक सञ्जालमा सार्वजनिक भएको र यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगमा पत्रमा उल्लेख छ । 

सोहीअनुसार आयोगले कारबाही प्रक्रिया अगाडि बढाउन पनि रौतहट प्रहरीलाई पत्राचार गरेको हो । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ३ : १५ बजे

नेपालगन्ज नाकाबाट ५५ लाख किलो बढी जडीबुटी निर्यात

काठमाडौं– देशको प्रमुख नाका मानिने नेपालगन्जबाट गत आर्थिक वर्ष २०८१

पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच

काभ्रेपलाञ्चोक– यहाँको दुई वडामा खानेपानी आयोजना सम्पन्न भएका छन् ।

म्यानमारबाट भागेर बैंकक पुगेका ३७ नेपालीलाई काठमाडौं फर्काइयो 

बैंकक– नेपाली राजदूतावासले म्यानमारबाट भागेर थाइल्याण्ड पुगेका ३७ नेपालीको उद्धार

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

उदयपुर– ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्चुङबुङ गाउँपालिका-१ बाँसबोटे मिलनटोल

पाकिस्तानी सेनाको कारबाहीमा २३ आतंककारीको मृत्यु

एजेन्सी– पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतंककारी