एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट | Khabarhub Khabarhub

एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलसँग भेट गरेको छ ।

भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन नेतृत्वको टोलीले आज एमाले पार्टी कार्यालयमा पुगेर महासचिव पोखरेलसँग भेट गरेको हो ।

भेटमा दुई देशका सरकार, कम्युनिष्ट पार्टी र जनताबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । महासचिव पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न पाटाको चर्चा गर्दै बुद्ध धर्मले नेपाल र भियतनामलाई सांस्कृतिक रूपमा जोडेको बताए ।

उनले यस सम्बन्धलाई घनिष्ठ बनाउन दुई देशबीच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड दिए । साथै भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धिको यात्रा अगाडि बढाउन सकारात्मक प्रभाव पर्ने पोखरेलको भनाइ थियो ।

भेटमा लिले नेपालमा कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गरे । उनले दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै दुवै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिवृद्धि गर्न भियतनाम तयार रहेको बताए । रासस

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ९ : ३७ बजे

सत्ताको आडमा दुई डिलरको दादागिरी

ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति

टेनेक्स हाइड्रोले आइपीओ निष्काशन गर्ने

काठमाडौं – टेनेक्स हाइड्रो होल्डीङ्ग लिमटेडले सर्वसाधारणका लागि साधारण शेयर

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री आइतबार बिहान काठमाडौं आइपुगेका

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा आवेदन खुला 

काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी)को महाप्रबन्धक पदमा आवेदन खुलेको छ

सागर डिष्टिलरीको आईपीओ भर्ने अन्तिम दिन 

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आइतबार