मुलुकलाई निरंकुशताको भूमरीतिर धकेल्ने कसरत भइरहेको छ : प्रचण्ड « Khabarhub

मुलुकलाई निरंकुशताको भूमरीतिर धकेल्ने कसरत भइरहेको छ : प्रचण्ड


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई पुनः निरंकुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेको बताएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं ७ ले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अहिले पनि संविधान मिच्ने र मुलुकलाई पुनः निरंकुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेकाले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्न गठबन्धन बनेको बताएका हुन् । मंसिर ४ गतेको निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभएको र राष्ट्रको रक्षाको ब्याटल भएको उनले बताए ।

देशमा अहिले प्रष्टरूपमा दुई वटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उनले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएको धारणा राखे । प्रचण्डले  विस्तृत शान्ति सम्झौतापछि क्रमशः अगाडि बढेको सहमतिकै आधारमा वर्तमान गठबन्धन तयार भएको बताए ।

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगामी शक्तिले लोकतान्त्रिक मूल्य र मान्यता उल्ट्याउन लागिपरेको भन्दै त्यस्तो गतिविधि कुनै हालतमा सह्य नहुने बताए । भट्टराईले आगामी निर्वाचनमा जनविरोधी शक्तिलाई पराजित गर्नुको विकल्प नभएको स्पष्ट पारे ।

त्यस्तै कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनले कुनै पनि हालतमा जित्नै पर्ने धारणा राखे । उनले गठबन्धनको पवित्र उद्देश्य भएकाले नेपाली जनताले समेत साथ दिने र विजयी गराउने विश्वास व्यक्त गरे । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभातर्फ मानुषी यमी भट्टराई उम्मेदवार छन् । 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : १२ बजे

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम