सुटिङ भएको गाउँ ल्वाङमा देखाइयो फिल्म ‘२ नम्बरी’ | Khabarhub Khabarhub

सुटिङ भएको गाउँ ल्वाङमा देखाइयो फिल्म ‘२ नम्बरी’


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलमा तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘२ नम्बरी’ कास्कीको ल्वाङ गाउँका स्थानीयमाझ देखाइएको छ । गत २१ असोजबाट प्रदर्शनमा आएको फिल्मको छायांकन ल्वाङ गाउँमै गरिएको हो ।

फिल्म देखाउन त्यहाँ पुगेका निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले प्रोजेक्टरको माध्यमबाट फिल्म प्रदर्शन गरेका हुन् । फिल्म हेर्न करिब दुई सय स्थानीय उपस्थित भएका थिए ।

‘फिल्मले अहिलेसम्म सुखद व्यापार गरिरहँदा हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं । स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो,’ निर्देशक लामाले भने ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ अभिनीत यो फिल्मले २ सातामा ६ करोड माथिको ग्रस कलेक्सन गरेको बताइएको छ । 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ४६ बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान

गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुला : इजरायली सेना

एजेन्सी– इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि