राष्ट्रसङ्घद्वारा सोमालीलाई सहयोग गर्न एक अर्ब डलर माग « Khabarhub

राष्ट्रसङ्घद्वारा सोमालीलाई सहयोग गर्न एक अर्ब डलर माग


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाका कम्तीमा पनि एक ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सोमालियामा अहिले करिब ७६ लाख नागरिकलाई मानवीय सहायताको आवश्यकता परेकाले त्यसको सहयोगका लागि उक्त रकम चाहिएको बताइएको हो । संयुक्त राष्ट्रसङ्घीय सहायता निकायहरुले सो कुराको जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सी तथा संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका सोमालियाली उपमहासचिव आदम अब्देलमुल्लाहले सो कुराको जानकारी दिएका हुन् ।

उनले भनेका छन्– ‘‘सोमालियामा दिनप्रतिदिन मानवीय सहायताको खाँचो परिरहेको र यसका लागि विश्वका सहयाता एजेन्सीहरुले सहयोगको मात्रालाई थप बढाउनुपर्ने आवश्यकता छ । अन्यथा केही महिनामा नै यहाँको अवस्था निकै नै नाजुक हुनेछ ।’’

उनले त्यहाँ खाद्यान्नको अभाव भएको, जसका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको बताएका छन् । यसबाहेक कतिपय स्थानमा औषधिको आपूर्ति पनि आवश्यक मात्रामा गर्न नसकिएको पाइएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ०६ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो