२० वर्षसम्म यही गठबन्धन कायम रहन सक्छ : देउवा « Khabarhub

२० वर्षसम्म यही गठबन्धन कायम रहन सक्छ : देउवा


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान, संघीयता, समावेशिता बचाउन गठबन्धन आवश्यक रहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजना गरिएको पाँच दलीय गठबन्धनको लुम्बिनी प्रदेश स्तरीय संयुक्त प्रशिक्षण भेलामा बोल्दै देउवाले मुलुकलाई अघि बढाउनका लागि निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने पनि दाबी गरे ।

उनले आगामी २० वर्षसम्म पनि यही गठबन्धन कायम रहनसक्ने धारणा राखे । देउवाले गठबन्धन दलभित्र शंका-उपशंका वा बहानाबाजी नचल्ने भन्दै एक-अर्कालाई विश्वास दिलाउने गरी काम गर्नुपर्ने उल्लेख गरे । उनले पार्टीभित्र समान अवसर दिइने भन्दै अहिले टिकट नपाएकाहरूलाई अन्य स्थानमा अवसर दिने बताए ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चुनावपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न सत्तारुढ दलका नेता कार्यकर्तालाई आग्रह गरे । उनले चुनावमा सत्तारुढ गठबन्धन विजयी भएर मात्र नपुग्ने भन्दै ‘प्रतिगमनको खतरा रहँदासम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने जिकिर गरे ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली कहिल्यै नसुध्रिने बताए । नेता नेपालले गठबन्धनले देशलाई निकै ठूलो संकटबाट बचाएको समेत दाबी गरे । त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन चुनावी तालमेलको रुपमा मात्र नभएको भन्दै प्रतिगामी र पछाडि फर्कनेहरूले पनि गठबन्धन बनाएको धारणा राखे ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ५९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन