बम विस्फोटमा अफगानिस्तानमा तीन बालबालिकाको मृत्यु « Khabarhub

बम विस्फोटमा अफगानिस्तानमा तीन बालबालिकाको मृत्यु


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी बाघिस प्रान्तमा विगतका युद्धहरूबाट बाँकी रहेको अनफोडेड अर्डनन्सको विस्फोटका कारण तीन बालबालिकाको मृत्यु भएको पुष्टि भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजे मुकार जिल्लाको नवावाद क्षेत्रमा केही बालबालिकाले फोहोर जम्मा गर्ने क्रममा खेलौना जस्तो यन्त्र फेला पारेको रत्योसँग खेल्दा विस्फोट भई तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

काला–ए–नाउ अस्पतालका अजमल आतेफ नामका डाक्टरले शुक्रबार बिहान भएको विस्फोटमा आठदेखि १२ वर्षसम्मका तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्।

केही दिनअघि छिमेकी फराह प्रान्तमा पनि यस्तै विस्फोटमा परी एक बालकको मृत्यु भएको थियो । अफगानिस्तानलाई विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ । यस किसिमका विस्फोटले देशमा हरेक महिना दर्जनौंको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना