डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै नेपाली « Khabarhub

डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै नेपाली


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकि कारोबार गर्न सकिने भएको छ ।

पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी अगाडि सामान्यरुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार भने अपेक्षित रुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो ।

प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भइरहेको देखिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालु आवको दोस्रो महिनामा मात्रै विद्युतीय माध्यम प्रयोग गरी रु ४९ खर्ब बढीको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ महिनामा मात्रै रु दुई खर्ब ९२ अर्ब ५४ करोड ५० लाखभन्दा बढी रकम कनेक्ट आइपिएसमार्फत कारोबार भएको छ । कनेक्ट आइपिएसको माध्यमबाट अघिल्लो आवको भदौ महिनामा रु दुई खर्ब ३२ अर्ब ५४ करोड ३० लाखको कारोबार भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको भदौ महिनामा मोबाइल बैंकिङ प्रयोग गरी रु एक खर्ब ४६ अर्ब १४ करोड ३० लाख बराबरको कारोबार भएको देखिन्छ । सो माध्यमको प्रयोग गरी अघिल्लो आवको भदौमा रु ७४ अर्ब ३१ करोड बराबरको कारोबार भएको थियो ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार गत भदौ महिनामा विभिन्न वालेट प्रयोग गरी रु १७ अर्ब ६३ करोड ५० लाखको कारोबार भएको देखिन्छ जुन अघिल्लो वर्षको भदौमा रु १४ अर्ब ४२ करोड ७० लाख बराबरको थियो ।

पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङ र क्युआर कोडजस्ता भुक्तानीका माध्यमबाट हुने कारोबार रकममा वृद्धि हुँदै गरेको देखिन्छ । गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा चालु आवको भदौमा क्युआर कोड प्रयोग गरेर कारोबार भएको देखिन्छ ।

बैंकका अनुसार गत आर्थिक वर्षको भदौमा रु पाँच अर्ब ८५ करोड ७० लाख बराबरको भुक्तानी भएको थियो भने चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु १५ अर्ब दुई करोड ८० लाख बराबरको भुक्तानी भएको छ ।

त्यस्तै भदौमा इन्टरनेट बैंकिङमार्फत रु १२ अर्ब १९ करोड ३० लाखभन्दा बढीको कारोबार भएको छ । गत भदौमा यसको प्रयोग गरी रु १३ अर्ब ५० करोड चार लाखभन्दा बढीको कारोबार भएको थियो । यसअनुसार अघिल्लो आर्थिक वर्षको समीक्षा महिनाभन्दा चालु आर्थिक वर्षको भदौमा इन्टरनेट बैंकिङको प्रयोगबाट हुने कारोबार रकममा भने रु एक अर्ब ३१ करोडले कमी आएको छ ।

यसैगरी गत आवको भदौमा एटिएमको प्रयोगबाट रु ७० अर्ब १३ करोड बराबरको कारोबार भएकामा चालु आवको भदौमा कारोबार वृद्धि भई रु ७५ अर्ब ७४ करोड ६० लाख पुगेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ४२ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।