अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोलालाई « Khabarhub

अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोलालाई


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – जिल्लाव्यापी अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा खानीखोलाले महाभारत गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पनौती नगरपालिका–२ धाराचौर खेल मैदानमा सम्पन्न फाइनलमा खानीखोलाले महाभारतलाई २६–२४, २५–१ र २५–१९ अङ्कले हराएको हो । उक्त खेलमा खानीखोलाका मनराज आलेमगर ‘म्यान अफ दी म्याच’ घोषित भए । यसअघि शुक्रबार सम्पन्न सेमिफाइनलमा खानीखोला र महाभारत गाउँपालिका आ–आफ्नो खेलमा विजयी हुँदै फाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनलमा खानीखोलाले पनौती नगरपालिका र महाभारतले बेथानचोक गाउँपालिकालाई पराजित गरेको थियो ।

पनौती नगरपालिका–२ द्वारा आयोजित प्रतियोगिताको समापन समारोहमा नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वा, वडाध्यक्ष एवं प्रयोगियोगिता संयोजक पुरुषोत्तम अधिकारीलगायतले प्रथम, द्वितीय तथा तृतीय टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रथम हुने टोलीलाई रु ५५ हजार, दोस्रोलाई रु ३० हजार तथा तेस्रो, चौथोलगायत विभिन्न विधाका उत्कृष्टलाई रु १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ४६ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ