नवौँ राष्ट्रिय खेलकुदकमा पदक विजेता खेलाडी सम्मानित « Khabarhub

नवौँ राष्ट्रिय खेलकुदकमा पदक विजेता खेलाडी सम्मानित


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कास्की –पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई कास्की जिल्ला टेनिस सङ्घले आज नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसमा गण्डकी प्रदेशले इतिहास रच्दै तीन स्वर्ण पदक जितेको खुसीयालीमा खेलाडीलाई सम्मान गरिएको हो । सङ्घले प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने खेलाडी प्र्रदीप खड्कालाई नगद रु २० हजार, टोलीमा दुई स्वर्ण र एक रजत प्राप्त गरेका खेलाडी अनिल साईलाई रु १२ हजारसहित सम्मान गरेको छ ।

यसैगरी टोलीमा एक स्वर्ण र एक रजत हासिल गरेका खेलाडी आशिष खड्का र सौगात विकलाई जनही रु सात–सात हजार तथा एक रजत पदक हासिल गरेका विवेक मगरलाई रु पाँच हजार प्रदान गरिएको छ । यस्तै एक कास्य जितेकी प्रीति बराललाई रु दुई हजार र प्रशिक्षक नीरज थापालाई रु पाँच हजार नगदसहित सम्मान गरिएको कास्की जिल्ला टेनिस सङ्घका सचिव नवीन श्रेष्ठले जानकारी दिए ।

यसैगरी कास्कीकै अग्रज टेनिस खेलाडीले पनि पदक हासिल गरेका खेलाडीलाई सम्मान गरे । अग्रज खेलाडी समीर शेरचनले प्रदीप खड्कालाई नगद रु २५ हजार र अन्य चार पुरुष खेलाडी अनिल साई, आशिष खड्का, सौगात विक र विवेक मगरलाई जनही रु पाँच–पाँच हजार नगदसहित सम्मान गरे ।

अग्रज टेनिस खेलाडी अनुज बाँस्तोलाले आफ्ना छोरा अभिषेक बाँस्तोलाको नाममा विजेता खेलाडी प्रदीपलाई रु ३० हजार, अनिल साईलाई रु १५ हजार तथा आशिष खड्का, सौगात विक, विवेक मगर र प्रीति बराललाई जनही रु पाँच हजारले सम्मान गरे ।

यसैगरी अग्रज टेनिस खेलाडी राजेन्द्रप्रसाद घिमिरेले नेपालका नं १ टेनिस खेलाडी खड्कालाई नगद रु १० हजारसहित सम्मान गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ५१ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित