खोटाङमा पटाका खरिद बिक्री गर्न र पड्काउन रोक « Khabarhub

खोटाङमा पटाका खरिद बिक्री गर्न र पड्काउन रोक


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय खोटाङले तिहारको बेला पटाका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक र प्रज्वलित सामग्री ओसार पसार, खरिद बिक्री एवं प्रयोगमा रोक लगाएको छ । आगलागी हुने, धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर पर्ने भन्दै प्रशासनले विष्फोटक पदार्थको ओसारपसार, खरिद बिक्री र प्रयोगमा पूर्ण रोक लगाएको जनाएको छ ।

प्रशासनले कोही कसैबाट पटाका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ खरिद बिक्री एवं प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने चेतावनी दिएको छ । तिहारको समयमा पटाका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ पड्काउने गरिएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बन्देज लगाएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा सार्वजनिक स्थलमा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने, झै–झगडा गर्ने, जुवा तास खेल्ने जस्ता कार्य नगर्न पनि आग्रह गरिएको छ । प्रशासनले तिहारमा रातको १० बजेसम्म मात्र देउँसी भैली सञ्चालन गर्न पनि सूचना जारी गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ५७ बजे

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

तेल अभिव- गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन, वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने

कपिलवस्तु– मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोडको लागतमा ‘भारद्वाज तेल