आफूले पाएजति अवसर मतदातालाई पनि दिलाउने कांग्रेस युवा नेता प्रदीप पौडेलको प्रतिबद्धता | Khabarhub Khabarhub

आफूले पाएजति अवसर मतदातालाई पनि दिलाउने कांग्रेस युवा नेता प्रदीप पौडेलको प्रतिबद्धता


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूले पाएको जति अवसर आफ्ना मतदातालाई दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ को प्रदेश सभा ‘ख’ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

मतदाताहरुले आफूहरुलाई बिना कुनै सर्तमा खाली कागजमा हस्ताक्षर गरेर दिएको विश्वसलाई कहिल्यै कुठाराघात नगर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

‘पार्टीले मलाई अवसर दियो काठमाडौंबाट म यती भएँ । त्यसैले मैले जति अवसर पाएको छु त्यति अवसर तपाई पनि त्यही हुनुपर्दछ ।’ उनले भने, ‘तपाइँहरुले कुनै सर्त नराखी खाली कागजमा हस्ताक्षर गरेर दिनुहुन्छ । तर त्यसमा कहिल्यै पनि कुठाराघात गर्नेछैन । ’

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आफू निर्वाचन जितेमा कहिल्यै मालिक जस्तो नबन्ने समेत बताए । आफूलाई पार्टीले अघि बढाएको विभिन्न कालखण्डको स्मरण गर्दै पार्टीमा सहयोग गर्ने साथीहरुलाई कहिल्यै भावनामा चोट पुग्ने काम नगर्ने उनको भनाइ छ ।

‘म आज जे छु पार्टीको कारणले छ । त्यसैले पार्टीका साथीहरुको लागि म कहिल्यै पनि चोट पुग्ने काम गर्नेछैन् ।’ उनले भने, ‘निर्वाचन जितेपछि म कहिल्यै पनि मालिक बने भनेर कहिल्यै पनि त्यस्तो सोच्ने छैन ।’

आफूसँग जनताको पक्षमा काम गर्ने जोश र हुटहुटी रहेको बताउँदै अब पार्टी र देशको नेतृत्व गर्न चाहेको बताए । ‘म पार्टीको नेतृत्व गर्न चाहान्छु । म देशको नेतृत्व गर्न चाहान्छु ।’ उनले भने ।

नेता पौडेलले आफूले जिते पछि जितेपछिको व्यवहारमा कहिल्यै पनि फरक नबनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : २२ बजे

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष