विकास गर्नेलाई भोट दिने योजनामा सिन्धुपाल्चोकका मतदाता « Khabarhub

विकास गर्नेलाई भोट दिने योजनामा सिन्धुपाल्चोकका मतदाता


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यस पटक विकास गर्नेलाई भोट दिने सोचमा छन् ।

विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट दिएको उनले स्मरण गरे । चुनावी रमझमले छोईनसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । “जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,” माझीले भने ।

हालसम्म १२ पटक भोट हालिसकेका उनी गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफूहरूले दुःख पाएको बताउँछन् ।

छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी बस्ती भने उजाड छ ।

“यसपालि सबैले सामुहिक रुपमा भोट हाल्ने सल्लाह भएको छ”, ५० वर्षीय तेजबहादुर माझी भन्छन्, “छोरा नातिका लागि विकास आवश्यक छ ।” साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुई सय नौ माझी परिवारको बसोबास छ ।

चेतना अभावका कारण विगतमा खानपानकै आधारमा भोट दिनेसमेत गरेको शिक्षक गणेश माझी बताउँछन् ।

अब स्थानीयले मताधिकारबारे बुझ्न थालेकाले पैसा र भोज खाएका आधारमा भोट हाल्ने चलन हट्ने उनको विश्वास छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : ३३ बजे

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

तेल अभिव- गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन, वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने

कपिलवस्तु– मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोडको लागतमा ‘भारद्वाज तेल