ट्रकको ठक्करबाट मजदुरको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट मजदुरको मृत्यु


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाराको सिमरास्थित जगदम्बा स्टिलमा कार्यरत एक मजदुरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

शनिबार राति जगदम्बा स्टिलमा कार्यरत करैयामाई गाउँपालिका ५ का ४० वर्षीय रामसुरच चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको थियो । अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जगदम्बा स्टिलभित्र प्रवेश गर्न सडक छेउमा राखिएको प्रदेश २ ०३१६ नम्बरको लहरी ट्रकले सर्भिस लेनमा मजदुरलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : ४२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना