प्रेस काउन्सिलद्वारा मिडिया अनुगमनका लागि सुझाव समिति गठन गर्ने निर्णय | Khabarhub Khabarhub

प्रेस काउन्सिलद्वारा मिडिया अनुगमनका लागि सुझाव समिति गठन गर्ने निर्णय


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा गठित उक्त समिति बनाउने निर्णय गरेको हो । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सञ्चार माध्यम र समग्र मिडिया जगतको ठुलो हात हुने भएकाले उक्त भूमिकालाई सबल र अनुगमनलाई प्रभावकारी बनाउन समितिले आवश्यक सुझाव समेत दिने काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आउँदो मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले गत असोज २८ गतेदेखि सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको विशेष अनुगमन गरिरहेको छ ।

यसलाई थप प्रभावकारी र परिणाममूलक बनाउनका लागि काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले निर्वाचन केन्द्रित आचारसंहिता अनुगमन सुझाव समिति समेत गठन गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले चुनावका बेला सञ्चारकर्मीले कायम गर्नुपर्ने तटस्थता, आचारसंहिता पालनाका विषयलाई थप प्रभावकारी बनाउन नेपाल पत्रकार महासङ्घसँग समेत आवश्यक छलफल र सहकार्य गर्ने निर्णय गरेको छ ।

त्यसका लागि महासङ्घमाआबद्ध देशभरका सदस्यको विवरणका उपलब्ध गराउन महासङ्घमा र प्रेस परिचयपत्रको विवरणका लागि सूचना तथा प्रसारण विभागमा पत्र लेख्ने निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यो पटकको निर्वाचनमा काउन्सिलले वस्तुगत र विषयगत दुबै विधिमार्फत अनुगमन थालेको छ । प्रतिनिधिसभा निर्वाचनमा सबैको चासो बढी हुने हुँदा निर्वाचनमा भाग लिने दल तथा उम्मेदवारलाई सञ्चार माध्यमले कति स्थान दिए, कस्ता विषय उठान भए, आचारसंहिता पालनाको अवस्था कस्तो रह्यो लगायतका पक्षमा अनुगमन गर्ने अन्तर्राष्ट्रिय प्रचलनअनुसार कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

अनुगमनका लागि काउन्सिलमा पत्रपत्रिका (छापा माध्यम), रेडियो, टेलिभिजन, अनलाइन मिडिया र सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनका लागि बेग्लाबेग्लै ‘डेक्स’ स्थापना गरिएको छ ।

चुनावलाई निष्पक्ष ढङ्गले सफल बनाउन सञ्चार जगतको भूमिकालाई उच्च महत्व दिइ सुरु भएको यो विशेष अनुगमनलाई साथ दिन र आवश्यक सुझावका लागि काउन्सिलले सम्बद्ध पक्षसँग आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : ५५ बजे

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र

स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी