सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गर्ने खानेपानीमन्त्री चौधरीलाई आयोगको स्पष्टीकरण | Khabarhub Khabarhub

सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गर्ने खानेपानीमन्त्री चौधरीलाई आयोगको स्पष्टीकरण


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगलले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले सरकारी गाडी प्रयोग गरेको विषयमा खानेपानीमन्त्री एवं प्रतिनिधिसभा सदस्यका बारा क्षेत्र नं १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ (क) बमोजिम नेपाल सरकारका मन्त्रीले चुनावी प्रचारप्रसार गर्दा सरकारी स्रोतसाधनको प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था रहेको सन्दर्भमा स्पष्टीकरण सोधेको हो । “तपाइँले चुनाव प्रचारप्रसारका क्रममा सरकारी (रातो तथा नीलो) नम्बर प्लेट भएको बा २ झ ५८६१ नंको सरकारी गाडीको नं प्लेट नै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गरेको हो होइन ?”, स्पष्टीकरण पत्रमा भनिएको छ, “निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ३ र उपदफा ४ बमोजिम तपाइँलाई किन कारवाही गर्नु नपर्ने हो ?”

मन्त्री चौधरीलाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आफैँ उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भई वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । आयोगबाट मन्त्री चौधरीले प्रचारप्रसारका क्रममा सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँचबुझ गरी आयोगमा तीन दिनभित्र प्रतिवेदन पेस गर्न उक्त निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय, बारालाई समेत पत्राचार भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : ३९ बजे

संविधान संशोधनको प्रक्रिया प्रक्रिया सुरू गर्नुपर्‍यो : नेता डा कोइराला

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान

सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न

अब हुलाक टिकटमा रायोको सागदेखि असला माछासम्म…

काठमाडौं – सबैको जिज्ञासा हुन सक्छ, हुलाक टिकटमा केके पाइन्छ

असमानताको अन्त्य गरेर मात्र लक्ष्यमा पुग्न सकिन्छ : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलित समुदायको सशक्तीकरणका

पोखरा विश्वविद्यालयद्वारा विभिन्न संकायका डिन नियुक्त

पोखरा – पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले विभिन्न संकायका डिन