ब्लड प्रेसर र मधुमेहले गर्भवती जोखिममा | Khabarhub Khabarhub

ब्लड प्रेसर र मधुमेहले गर्भवती जोखिममा

‘राम्रोसँग जाँच र उपचार नगर्दा बच्चा पेटमै मर्ने समस्या’



गर्भवती महिलामा उच्च रक्तचाप र मधुमेह देखिने समस्या पछिल्लो समय धेरै बढेको महिला रोग विशेषज्ञहरूले बताएका छन् । विशेषज्ञका अनुसार बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि यस्तो समस्या आएको हो । समयमा नै यसको उपचार नभए आमा र बच्चालाई खतरा हुने उनीहरूको चेतावनी छ । कतिपय महिलाले यसको नराम्रो परिणाम भोगिरहेका पनि छन् । आफू र आफ्ना सन्तानको ज्यान जोखिममा राखेर बच्चा जन्माइरहेकाले पनि पछिल्लो समय उच्च रक्तचाप र मधुमेहको समस्या धेरै मात्रामा बढेको छ । यसै विषयमा ओम अस्पतालमा कार्यरत सिनियर गाइनोक्लोजिष्ट डा. जागेश्वर गौतमसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

बच्चा पेटमा हुँदा आमालाई सुगर किन देखा पर्दछ ?
गर्भावस्थामा सुगर दुई प्रकारको हुन्छ । एउटा गर्भ बस्नु भन्दा पहिला सुगर नदेखिएको र पछि देखिएको हुन्छ । त्यो डाइबेटिज मेलाइटेज हो । अर्को गर्भवती हुनु भन्दा पहिला सुगर नर्मल र पछि बढ्ने हुन्छ । त्यसलाई हामी जिडियम भन्छौँ । इन्सुलेन्ट भन्ने हर्मन जुन सुगरलाई पचाउने हुन्छ । ती त्यो इन्सुलेन्टको विपरितमा काम गर्ने हर्मन गर्भावस्थामा ओभरीबाट प्रशस्त बन्छ । त्यसैले सुगर देखिन्छ । धेरै जसोको यो डेलिभरी भएको ६ हप्ता तिर नर्मल हुन्छ । कसै कसैको पछि पनि रहन्छ । कसै कसैको डाइबेटिज मेलाइटेजको क्रियड हुन्छ, भनेको कसैको बाबा र आमामा डाइबेटिज छ भने गर्भावस्थामा नदेखिने पछि देखिने हुन्छ । तर, अरू बेला छैन र गर्भावस्थामा मात्र बढ्यो भने त्यो नर्मल हुन्छ ।

पहिलो सन्तान जन्माउँदा सुगर भयो भने दोस्रो बच्चा जन्माउन मिल्छ कि मिल्दैन ?
दोस्रो बच्चा जन्माउन मिल्छ । तर, डाइबेटिज म्यानेज गर्नु पर्दछ । गर्भावस्थामा डाइबेटिज भयो भने हामी इन्सुलिन दिएर कम गराउँछौ । अरू औषधि दिँदैनौँ । किनभने हामीले रगत जाँच गर्ने बेला ठिक छ । अरू बेला बढ्यो भने पनि बच्चालाई असर गर्दछ । बच्चा ठूलो हुन सक्छ । बच्चामा हाइपोथर्मिया हुन सक्छ । महिना नपुगी बच्चा बिग्रिने डर हुन्छ । पेटमा नै बच्चा मर्ने सम्भावना हुन्छ । त्यसैले राम्रोसँग कन्ट्रोल गर्नु पर्दछ ।

कस्तो खाना खानु पर्दछ ?
डाइबेटिज खाना खाने एउटा नर्मल मान्छेले १८०० क्यालोरी डाइट खानु पर्दछ र गर्भावस्थामा त्यो भन्दा ५०० देखि ७०० थप खाना खानु पर्दछ । ४० प्रतिशत प्रोटिन ३० प्रतिशत कार्बोहाइडेड । ३० प्रतिशत फ्याट र अरू मिनिरलहरू मिलाएर खानु पर्दछ । तर, यो एउटा फर्मुला भयो । बिरामीको तौलको आधारमा पनि खानुपर्दछ । अरू बेला भन्दा त्यो बेला धेरै खानु पर्दछ किनभने बच्चालाई पनि डाइट चाहिन्छ ।

पहिलो बच्चा जन्माउँदा नै स्वास्थ्य बिग्रेको छ भने दोस्रो बच्चा जन्माउँदा झन् समस्या हुँदैन र ?
जोखिमहरु धेरै छन् । बच्चामा समस्या हुन्छन् । तर, अरू महिलाको भन्दा बढी उहाँलाई केयर गर्नु पर्दछ । उपचार गर्नु पर्दछ । धेरै डाइबेटिज भयो या पहिलादेखि नै डाइबेटिज थियो भने पछि त्यो बच्चामा पनि डाइबेटिज हुन जान्छ । तर, जिडियम डाइबेटिज हो । इन्फेक्सन र पाठेघरमा संक्रमण हुनसक्छ । बच्चा ठूलो भएकोले बच्चाको केयर धेरै गर्नु पर्दछ । बच्चामा रगत धेरै बाक्लो हुनसक्छ । यो एक दुई दिनको समस्या हो । डाइबेटिज भएको आमाबाट जन्मिएको बच्चामा अङ्गहरू राम्रोसँग विकास हुँदैन । यो मेन्टेन गर्ने र अर्को कुरा ओभर डाइबेटिज हो भने त्यस्तो बच्चामा पछि ठूलो भएपछि अर्को बच्चा जन्माउँदा त्यो बच्चामा पनि हुन्छ ।

पहिलो सन्तान हुँदा सुगर भयो भने त्यो पछि निको हुने सम्भावना कति हुन्छ ?
९६ प्रतिशत जतिमा नर्मल हुन्छ । जेस्टेसनल डाइबेटिज जुन गर्भावस्थामा हुन्छ । पछि आफै निको हुन्छ । अहिले यो अस्पतालको रेकर्डमा १०० जनामा महिलामा उहाँको २६ देखि २८ हप्ताको बीचमा ५० ग्राम ग्लुकोज खान दिएर रगत जाँच गछौँ । त्यो रगतको मात्रा धेरै देखियो भने हामी इटिटि भन्ने जाँच गछौँ । त्यो गरेर ६ पटकमा चाहिँ जेस्टेसनल डाइबेटिज भेटिएको छ । र, त्यो ६ हप्तासम्म पनि डाइबेटिज कन्ट्रोल भएन भने हर्मन नभएको परिवार नियोजनको साधन प्रयोग गर्न सल्लाहहरू पनि दिन्छौँ । पटक पटक बच्चा बिग्रिएको छ भने जेस्टेसनल डाइबेटिज हुनसक्छ । त्यसैले सुगर जाँच गर्नु भन्न चाहन्छु ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ०८ बजे

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि