‘कोप-२९ सम्झौता अपूर्ण, धनी देश पछि हटे’ | Khabarhub Khabarhub

‘कोप-२९ सम्झौता अपूर्ण, धनी देश पछि हटे’


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गरिब राष्ट्रहरूले अपमानजनक भन्दै आलोचना गरेको कोप९२९ सम्झौता वास्तवमै अपूर्ण रहेको र यसको कारण धनी देश रहेका अध्यक्ष मुख्तार बाबायेभले बताएका छन्‌ । यस्तो परिणामका लागि उनले धनी मुलुकहरूलाई दोष लगाएका छन्‌ ।

अजरबैजानको कोप–२९ नेतृत्वले संयुक्त राष्ट्र जलवायु वार्ताहरूमा कठिन सङ्घर्षपूर्ण वित्तीय सम्झौता ‘अपूर्ण’ थियो भन्ने कुरा स्वीकार गरेको हो । आइतबार सहमति भएको विवादास्पद सम्झौताले धनी प्रदूषणकारीहरूले विकासोन्मुख देशहरूलाई उत्सर्जन कम गर्न र बढ्दो खतरनाक जलवायु परिवर्तनका प्रभावहरूका लागि तयार हुन वार्षिक तीन खर्ब डलरको प्रतिबद्धता गरेका थिए ।

कोप–२९ का अध्यक्ष मुख्तार बाबायेभले बढ्दो आवश्यकताहरू पूरा गर्न सम्झौता अपर्याप्त भएको स्वीकार गरेका हुन्‌ । चीन थप नगद जम्मा गर्न सहमत हुने अवस्था रहे पनि अन्य धनी देश पछि हट्दा परिणाम निराशाजनक भएको उनको भनाइ छ ।

सोमबार बेलायतको गार्जियन अखबारमा लेख्दै उनले वार्ता प्रक्रियामा धेरै ढिलो नभएसम्म धनी ऐतिहासिक उत्सर्जकहरू ‘अटल’ रहेको बताए । ‘यो सम्झौता अपूर्ण हुनसक्छ । यसले सबैलाई खुशी पार्दैन । तर यो सन् २०१५ मा पेरिसमा घोषित एक खर्ब डलरको तुलनामा ठूलो कदम हो’, उनले भने, ‘यो त्यस्तो सम्झौता हो – जुन लगभग हुन सकेन ।’

तेल र ग्यास निर्यातकर्ता अजरबैजानले कोप–२९ विशेष गरी फ्रान्स र जर्मनीबाट व्यवस्थापनका लागि कडा आलोचना भोग्नुपरेको छ । बाबायेभले झण्डै दुई हप्तासम्म चलेको कटु वार्ताहरूको एक पटक भत्किने अवस्थामा पुगेको सम्झौतालाई आइतबार बिहानको समयमा पारित गराएका थिए ।

सम्झौता स्वीकृत भए लगत्तै भारत, बोलिभिया, नाइजेरिया र मलावीले ४५ सदस्यीय अल्पविकसित देशहरूका तर्फबाट बोलेर यसको निन्दा गरे । सन् २०३५ सम्ममा नयाँ लक्ष्य हासिल गर्न बाकुको खेलकुद स्टेडियममा भेला भएका लगभग २०० राष्ट्रका लागि वित्त सँधै जटिल विषय बन्न गइरहेको थियो ।

धनी देशहरू समयमै अघिल्लो लक्ष्य पूरा गर्न असफल हुँदा संयुक्त राष्ट्र जलवायु प्रक्रियामा विश्वासलाई बिगारेको छ । कोप–२९ ले विकासोन्मुख राष्ट्रहरूलाई ऊर्जा सङ्क्रमणका लागि भुक्तान गर्न र बढ्दो जलवायु प्रभावहरूका लागि आफूलाई तयार पार्न मद्दत गर्न सन् २०३५ सम्म प्रतिवर्ष १३ खर्ब डलरको व्यापक लक्ष्य राखेको छ ।

यो सम्झौताले धनी राष्ट्रहरूले परिचालन गरेको तीन खर्ब डलरलाई निजी क्षेत्र र विश्व बैंकजस्ता वित्तीय संस्थाहरूबाट प्राप्त कोषसँग मिलाएर यो ठूलो रकममा पुग्ने परिकल्पना गरेको छ । तर बाबायेभले भने, ‘औद्योगिक विश्वको योगदान धेरै कम थियो र निजी क्षेत्रको योगदान धेरै सैद्धान्तिक थियो भन्ने विकासोन्मुख राष्ट्रहरूसँग म सहमत छु ।’

युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाजस्ता धनी ऐतिहासिक उत्सर्जकहरूसँग वार्तामा चीनको संलग्नताको तुलना गर्दै उनले बेइजिङ ‘अरूले पनि त्यसो गरे भने थप प्रस्ताव गर्न इच्छुक छ तर अरूले गरेनन्’ भने ।

विश्वको दोस्रो ठूलो अर्थव्यवस्था र हरित गृह ग्यासहरूको शीर्ष उत्सर्जक चीनलाई संयुक्त राष्ट्रको प्रक्रियामा एक विकासशील देश मानिन्छ र त्यसैले भुक्तान गर्न बाध्य छैन ।

यद्यपि यसले पहिले नै आफ्नै सर्तहरूमा जलवायु कोष प्रदान गर्दछ । नयाँ पाठले विकसित राष्ट्रहरूले ‘अगुवाई लिनेछन्’ भन्ने बताउँछ तर अन्य देशहरू पनि सामेल हुन सक्छन् भन्ने सङ्केत दिन्छ ।

बाबायेभले भने, ‘यो सम्झौता ‘पर्याप्त छैन’, तर भोलिको ब्राजिलमा हुने जलवायु वार्ताहरूमा निर्माण गर्न एक आधार प्रदान गर्नेछ ।’

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ८ : ४९ बजे

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको

अन्तर्राष्ट्रिय सम्बन्धसहित सातवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न सातवटा समितिको बैठक बस्दै

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता

टेक्सास – अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ।