दिल्लीको एक होटेलमा आगलागी, १७ जनाको मृत्यु « Khabarhub

दिल्लीको एक होटेलमा आगलागी, १७ जनाको मृत्यु


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीमा रहेको एक होटेलमा आगलागी हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । दिल्लीको कारोलबाख क्षेत्रमा रहेको अरपित प्यालेस होटेलमा आगलागी भएको हो ।

घटनामा अरु ३४ जनाको उद्धार गरिएको स्थानीय अधिकारीले जनाएका छन् । आगलागीबाट ज्यान गुमाउनेमा एक जना बालक समेत रहेको बताइएको छ ।आगलागीका समयमा त्यहाँ म्यान्मारका पर्यटहरु पनि रहेकाले मारिनेमा उनीहरु पनि परेको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अधिकांश धुवाँले सास फेर्न समस्या परेकाले निस्सासिएर मारिएको जनाइएको छ । यद्यपि एकजना महिला र बालक भने आगलागीबाट बच्न होटेलको पाचौँ तल्लाबाट हामफाल्दा उनीहरुको ज्यान गएको बताइएको छ । मंगलबार सबेरै अधिकांश पाहुनाहरु सुतिरहेका बेला आगलागी भएकाले ठूलो मानवीय क्षति भएको हो ।

होटेल तथा अन्य भवनमा सामान्य सुरक्षा व्यवस्था पनि नहुने भएकाले भारतमा यस्ता दुर्घटनाबाट हरेक वर्ष सयौँ मानिसहरुको ज्यान जाने गर्छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  २ : ३५ बजे

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै