टीकापुरमा शववाहन सेवा निःशुल्क | Khabarhub Khabarhub

टीकापुरमा शववाहन सेवा निःशुल्क

९ जिल्लामा समानुपातिकको मतपत्र ढुवानी गर्न बाँकी


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुरमा शववहान सेवा निःशुल्क गरिएको छ । टीकापुर अस्पतालको शववहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको छ । शव बोकेबापत अस्पतालले पाउने शुल्क अब तुल्सी ट्रेड लिङ्क प्रालिले बेहोर्ने भएको छ । प्रालिले  वर्षभरिको लाग्ने शुल्क तिरिदिने भएपछि अब शववाहन निःशुल्क उपयोग गर्न पाउने भएका हुन् । डेढ वर्षअघि ह्युमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहको केही सहयोग र आह्वानमा आर्थिक सहयोग जुटाएर शववाहन खरिद भएको थियो । 

ट्रेड लिङ्कले शववाहन किन्दा पनि सहयोग गरेको र निःशुल्क होस् भन्ने उद्देश्यले सहयोग गरेको बताएको छ । “सञ्चालनमा ल्याएको शववाहन प्रयोग गर्दा रकम लाग्न थालेपछि एक वर्षको लागि सहयोग गरेको हुँ”, तुल्सी ट्रेड लिङ्कका सञ्चालक तथा टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष पर्शुराम चपाईले भने, ‘यहाँ उपचारमा आउने धेरै विपन्न परिवार हुन्छन् । हुने खाने जटिल समस्या भए रेफर भएर अन्यन्त्र उपचारमा जान्छन्, आर्थिक अवस्था कमजोर भएका यही सेवा लिन्छन् । उनीहरु मर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था देखेर सघाउन खोजेको हो

उनले एक वर्षका लागि सम्झौता गरेको र कार्यान्वयन राम्रो भएमा आउँदा वर्षमा पनि सहयोग रहने बताए । कोरोना महामारी फैलिएका बेला  अस्पताललाई हस्तान्तरण भएको शववाहन सञ्चालन गर्न सरकारी अनुदान नपाइने र अस्पतालको आन्तरिक आयले खर्च धान्न नसक्ने भएपछि अस्पतालले शुल्क लगाएको थियो । ‘अस्पतालको आह्वानमा चपाईले एक वर्षका लागि सञ्चालन खर्च दिएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिनुभयो’, ‘हाम्रो आग्रहलाई उहाँले स्वीकार गरी सघाउन तयार भए, यसले मृतकका आफन्त र अस्पताललाई पनि सहज भएको छ’, उनले भने, ‘चपाईजस्तै मनकारी भएकाले हामीलाई काम गर्न ऊर्जा मिल्छ । बिरामीको उपचार गरेर आफन्त पीडामा हुन्छन्, यो सहयोगले ठूलो राहत हुन्छ ।’

गत वर्षको लागतका आधारमा अनुमान गरिएको वार्षिक तीन लाख रकम चपाईको कम्पनीले बेहोर्ने र यसको दुरुपयोग हुन नदिने अध्यक्ष सोडारीले बताए । अब टीकापुर र  लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाभित्र लैजाँदा शववाहनको शुल्क नलाग्ने भएको छ ।

।’

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : १६ बजे

टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’

इतिहासमा भएका कतिपय गम्भीर घटना भित्र पनि रोचक पाटाहरू लुकेका

कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ

मुख्यमन्त्री कार्कीले भने- मानवअधिकार संरक्षण र संवर्द्धन गर्न जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ 

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन

कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि