योग्य व्यक्तिलाई पदक दिइएको हो: गृहमन्त्री « Khabarhub

योग्य व्यक्तिलाई पदक दिइएको हो: गृहमन्त्री


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भैरहवा– गृहमन्त्री बालकृष्ण खाणले सरकारले योग्य व्यक्तिलाई पदक प्रदान गरेको बताए । गृहमन्त्री खाणले निर्वाचनलाई प्रभावित गर्नेगरी आफ्नो जिल्लाका मानिसहरूलाई पदक वितरण गरेको विपक्षीको आरोपको खण्डन गर्दै उनले रूपन्देहीमा योग्य रहेकाले उनीहरूलाई पदक दिइएको बताए ।

विश्व पोलियो दिवसमा रूपन्देहीमा क्रियाशील रोटरी क्लब एवं रोट्र्याक्ट क्लबले भैरहवामा आयोजना गरेको पोलियो शान्ति र्‍यालीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले विपक्षीले रुपन्देहीका युवाको मूल्यांकन गर्न नसकेको समेत बताए । ‘रुपन्देहीमा धेरै प्रतिभा रहेका छन्, रूपन्देही जिल्ला नै रचनात्मक रहेको छ’, उनले भने, ‘यहाँ पदक दिनुपर्ने अझ धेरै हुनुहुन्थ्यो तर समितिलाई छनोट गर्नुपर्ने बाध्यता रहेको थियो, भविष्यमा उनीहरूलाई पनि समेट्ने छौँ ।’

रूपन्देहीको विकासमा रोटरी, रोट्र्याक्ट क्लबमा आबद्ध युवाको सहभागिता महत्वपूर्ण रहेको उनले बताए। जिल्लामा विभिन्न सामाजिक काममा मात्र होइन विभिन्न विपद्का समयमा यस्ता क्लबको सहयोग प्रशंसनीय रहेको उनको भनाई थियो ।

पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट रूपन्देही क्षेत्र नं ३ को  प्रतिनिधिसभा उम्मेदवार रहनुभएका गृहमन्त्री खाणले नेपाल सरकार युवालाई कुलतबाट जोगाउन र लागूऔषघको नियन्त्रणमा लागे पनि एकल प्रयासले मात्र नपुग्ने बताउँदै यसमा युवाले पनि सहकार्य गर्न आग्रह गरे । उनले रूपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अवसर बढाएकाले युवा विदेश जानुभन्दा यहीँ रचनात्मक व्यवसायमा लाग्न पनि आग्रह गरे ।

 गठबन्धनकै तर्फबाट लोसपाबाट प्रदेशसभा उम्मेदवार सन्तोष पाण्डेले रोटरी क्लब र रोट्र्याक्ट क्लबलाई सहरी क्षेत्रका साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गरे । उनले अहिले सहरी तथा ग्रामीण क्षेत्रमा पनि लागूऔषध लगायतका कुलतमा युवा फस्दै गइरहेकाले यस्ता क्लबले दुवै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्न सुझाव दिए ।‘अक्टोबर २४’ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि चेतना जागृत गराउने खालका कार्यक्रमहरू सञ्चालन गर्ने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा पनि सन् २०१० यता पोलियोका रोगी भेटिएका छैनन् ।

यसै दिवसको अवसर पारेर आज भैरहवामा पोलियो शान्ति र्‍यालीको आयोजना गरिएको छ । भैरहवाको बुद्धचोकबाट सुरु भएको शान्ति र्‍याली, नारायणपथ, बैंकरोड, नयाँ सडक हुँदै जनकपथमा समापन भएको रोटरी क्लबका राजकुमार गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ३ : ३९ बजे

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली

सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित

काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट