मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट उजुरी दिन सकिने « Khabarhub

मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट उजुरी दिन सकिने


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्ने निर्वाचन आयोगले जनाएको छ । 

उजुरी निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिताबमोजिमका समिति, टोली वा अनुगमन अधिकृतसमक्ष दिन सकिने व्यवस्था गरिएको छ । यसका साथै आयोगले सञ्चालन गरेको पैसा नलाग्ने टोल फ्रि नम्बर ११०२ मा फोन गरेर पनि उजुरी दिन सकिनेछ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम उजुरी दिँदा आधार, कारण र सोसम्बन्धी कुनै प्रमाण भए सो समेत संलग्न गरी दिनुपर्नेछ । कसैले आचारसंहिता उल्लंघन गरेमा मौखिक रूपमा वा विद्युतीय माध्यमबाट समेत उजुरी दिन सकिनेछ । यसरी उजुरी दिइएकोमा सम्बन्धित निकाय वा अधिकारीले सोको अभिलेख राखी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्नेछ ।

उजुरीकर्ताले आफ्नो नाम नामेशीसहितको विवरण प्रकाशन गर्न नचाहेमा सार्वजनिक गरिने छैन । कसैले यो आचारसंहिता उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ ।

आचारसंहिताको अनुगमनका लागि केन्द्रमा एक आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र जिल्लास्तरमा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ३ : ५३ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद