सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा « Khabarhub

सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनले सोमबार काठमाडौंमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको भन्दै सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध रहेको बताएका हुन् । उनले कांग्रेसले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव आवाज उठाउदै आएको धारणा राखे । प्रेस स्वतन्त्रता नभएको देशमा प्रजातन्त्रको सुदृढिकरण हुन नसक्ने उनको भनाइ छ ।

देउवाले आफ्नो प्रतिनिधि छान्न पाउने जनताको अधिकारलाई थप बलियो बनाउन आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने बताए । उनले संविधानमा उल्लेख जनताको अधिकारको ग्यारेन्टी गर्न सरकारमा बस्नेहरु पनि गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधान रक्षाको लागि गठबन्धन आवश्यक भएको बताए । उनले मुलुकलाई अघि बढाउनका लािग कांग्रेस नेतृत्वको सरकार बनाउन मंसिर ४ को निर्वाचनलाई अवसरको रुपमा लिएको धारणा राखे ।

महतले गठबन्धनलाई समान प्रतिबद्धताको साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ६ : २५ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले