अनेरास्ववियु क्रान्तिकारीले मधेसमा तोक्यो १४ जना कमाण्डर « Khabarhub

अनेरास्ववियु क्रान्तिकारीले मधेसमा तोक्यो १४ जना कमाण्डर


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अनेरास्ववियु क्रान्तिकारीले मधेस प्रदेशमा १४ जना विद्यार्थी कमाण्डर परिचालन गरेको छ । माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय समितिको बैठकले प्रदेशका ८ वटै जिल्लामा विद्यार्थी कमान्डरलाई परिचालन गरेको हो ।

महोत्तरीमा नीरज ढुंगाना, धनुषामा अजय झा, सिरहामा भोलाप्रसाद यादव, सप्तरीमा लड्डु यादव, सर्लाहीमा सञ्जीव चौधरी, शिवराज धमला र विवेक मैनाली, बारामा दिनेश यादव, पर्सामा महम्मद जुवेर आलम, ईशक कुमार पासमान, एहसान अनसारी र हिमालजङग कुवर, रौतहटमा राकेश पटेल र चेत बोत्खेलाई तोकिएको अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कार्यालयले जनाएको छ ।

नव गठित विद्यार्थी परिचालन टिमले जिल्लास्थित माओवादी केन्द्र नेतृत्व, गठबन्धनको परिचालन समिति र उम्मेदवारसँग समन्वय गरी आफ्ना टिम परिचालन गर्ने पनि जानकारी दिएको छ ।

अग्रगमन र प्रतिगमनको माहासंग्राममा विद्यार्थीहरूले अग्रगमन पक्षधरलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रीय संयोजक पवन कार्कीले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४२ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले