हिन्दू विश्वविद्यालयका प्राध्यापक भन्छन् : ‘नेपालमा गणतन्त्र सफल छ’ « Khabarhub

हिन्दू विश्वविद्यालयका प्राध्यापक भन्छन् : ‘नेपालमा गणतन्त्र सफल छ’


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : विश्व हिन्दू विश्वविद्यालयका प्रा डा दीपक मल्लिकले नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको बताएका छन्‌ ।

शहीद स्मृति प्रतिष्ठान केन्द्रीय समितिले मङ्गलबार आयोजना गरेको ‘वर्तमान राजनीतिक परिवेश र समावेशी लोकतन्त्र विषयक’ कार्यशालामा उनले अब विचार बदलिनुपर्नेमा जोड दिए । मल्लिकले विचार बदलिएमा राजनीतिक परिवेश र समावेशी लोकतन्त्रले पनि सफलता पाउने बताए ।

प्रा डा मल्लिकले गणतन्त्र एवम्‌ लोकतन्त्रमा सबै नागरिकका हक अधिकार बराबरी हुने भएकाले यसले सफलता पाउँदै आएको दाबी गरे ।

शासन सञ्चालनमा सम्पूर्ण क्षेत्र, भाषा, लिङ्ग, वर्ग र समुदायका नागरिकलाई न्यायोचित सहभागी गराउने शासकीय पद्धति नै समावेशी लोकतन्त्र भएकाले यसको आवश्यकता रहेको उल्लेख गरे ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले समावेशी लोकतन्त्र निर्माणका लागि बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, प्रदीप गिरीलगायतका नेताहरूले देशमा खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिश पोखरेल, पूर्वसांसद किरण यादव, पूर्वराजदूत डा विजय कर्ण, प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाललगायतले आ–आफ्ना धारणा राखेका थिए । रासस

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ८ : १४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४