‘नेपाल संवत् र तिहारले राष्ट्रिय एकतालाई मजबुत बनाउँछ’ « Khabarhub

‘नेपाल संवत् र तिहारले राष्ट्रिय एकतालाई मजबुत बनाउँछ’


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् ।

तिहार–२०७९ तथा नेपाल संवत् ११४३ प्रारम्भको अवसरमा शुभकामना दिँदै उनले समृद्ध नेपाल निर्माणका लागि एकाकार भएर अगाडि बढ्न सम्पूर्ण नेपालीलाई विभिन्न पर्वले ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन्।

उपराष्ट्रपति पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी रहेको बताए । उनले तिहार र नेपालको मौलिक संवत् नेपाल संवत्ले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

“उज्यालो र उल्लासको पर्वका रुपमा मनाइने नेपालीको महान् चाड तिहारलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको मौलिक संवत् नेपाल संवत्को नववर्ष ११४३ को सुखद प्रारम्भ पनि यसै अवसरमा हुँदैछ”, उनले भने, “देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको साथै मुलुकको समृद्धिको शुभकामना व्यक्त गर्दछु ।”

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : ०० बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको