हिले दौडको उपाधि सोनी र विकासले जिते « Khabarhub

हिले दौडको उपाधि सोनी र विकासले जिते


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- राष्ट्रिय धान दिवसको अवसरमा विर्ताबेँसीमा खुल्ला हिलेदौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय खेलको संरक्षण गरी हिलो र माटोसँग किसानको सम्बन्ध स्थापित गर्न आयोजित प्रतियोगितामा हिलोतर्फ नलाङका सोनी गुरुङ प्रथम, धुनीबेँसीका रसिला तामाङ द्वितीय र ललितपुरका निरजला ताम्राकार तृतीय भएका छन्।

त्यसैगरी पुरुषतर्फ सङ्खुवासभाका विकास राई प्रथम, कैलालीका किरण मल्ल द्वितीय र नेपालगञ्गका खिमबहादुर खत्री तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ५० हजार, रु ३० हजार र रु २० हजार नगदसहित सिल्ड र कप प्रदान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले तीन सय मिटर हिलो खेतमा दौड प्रतियोगितामा भाग लिनेलाई पुरस्कार प्रदान गरे । प्रतियोगितामा हिलोतर्फ २३ जना महिला र ८२ जना पुरुषले सहभागिता जनाएका थिए । जसमा एक जना विदेशी नागरिकसमेत रहेका थिए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ८ : ३६ बजे

‘ग्रे लिष्ट’ मा नेपाल, चुनौतीसँगै अवसर पनि

कीर्तिपुर– नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले नेपाल

चुनावका कारण सर्‍यो ‘लालीबजार’को प्रदर्शन, टिजरमा स्वस्तिमा देखिइन् यौनकर्मीको भूमिकामा

काठमाडौं– चुनावका कारण षट्कोण आर्टसको ब्यानरमा बनेको फिल्म ‘लालीबजार’को प्रदर्शन

प्रतिनिधिसभा निर्वाचन : एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्यटन र चलचित्र विकास बोर्डबीच चार बुँदे समझदारी

काठमाडौं– नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चार बुँदे

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ (तस्बिरहरू)

काठमाडौं– महाशिवरात्रिको तयारीस्वरुप विश्व सम्पदा सूचीमा सूचीकृत वैदिक सनातन हिन्दू