अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण « Khabarhub

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सन फ्रान्सिस्को सहरमा रहेको पेलोसी निवासमा न्यान्सीका श्रीमान पउल पेलोसीमाथि आक्रमण भएको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा सभामुख रहेकी पेलोसी भने आक्रमणका बेला आफ्नो घरमा नरहेको उनका प्रवक्ता ड्रु ह्यामिल्टनले जनाएका छन् । अमेरिकामा आगामी  मध्यावधि चुनाव नजिकिएसँगै सभामुखका श्रीमानमाथि आक्रमण भएको हो ।

शुक्रबार सबेरै पेलोसी निवासमा प्रवेश गरी पउलमाथि आक्रमण भएको जनाइएको छ । उनी चाँडै निको हुने अपेक्षा गरिएको सीएनएनले उल्लेख गरेको छ ।

हाल आक्रमणकारीलाई हिरासतमा लिइएको र आक्रमणको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : ०० बजे

‘ह्विमले देश अघि बढ्दैन, नेपालीले आफ्नै इतिहासबाट सिकौँ’

काठमाडौं- जेन–जी युवा मिराज ढुंगानाले सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई भावनामा

देशभर विपद्का २३ घटना : एकको मृत्यु र ५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाहरूमा २३ वटा विपद्का

इरानमा आक्रमणपछि पाकिस्तानस्थित अमेरिकी वाणिज्य दूतावासमा आक्रमण

इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य

अब कसले र कसरी चुन्छ इरानको नयाँ सर्वोच्च नेता ?

काठमाडौं- अमेरिका र इजरायलले संयुक्त रुपमा सञ्चालन गरेको सैन्य कारवाहीका

केपी ओलीको हारजित देशको विजय-पराजयसँग जोडिन्छ : योगेश भट्टराई

झापा- नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले नेपालका कम्युनिष्टहरूका लागि