‘अन्तिम संस्कार’को छायांकन पुरा « Khabarhub

‘अन्तिम संस्कार’को छायांकन पुरा


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्देशक प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ।

शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले बताए।

झन्डै डेढ करोड लगानी रहेको फिल्ममा विजय लामा, दिया पुन, रेश्मा घिमिरे सहित विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य, सुरज खालिङ राई, पासाङ टी शेर्पा, सन्तोष लामा, सरोज कुमाल, अनु मगर, रेश्मा श्रेष्ठ, सस्मिता र दिग्गजलगायतको अभिनय छ।

सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको फिल्मको पोस्ट प्रोडक्सन लण्डनमा गरिनेछ। फिल्ममा बाबु श्रेष्ठको छायांकन छ। निर्देशक शाहीले यसअघि फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ निर्देशन गरिसकेका छन्।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : २१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते