‘आईफा अवार्डका लागि अनुमति हो, सरकारले बजेट दिएको होइन’ « Khabarhub

‘आईफा अवार्डका लागि अनुमति हो, सरकारले बजेट दिएको होइन’


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टुरिज्म बोर्डले सरकारले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आईफा) अवार्डका लागि अनुमति दिएपनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अवार्ड आयोजनाका लागि अनुमति दिएपनि सरकारले त्यसका लागि बजेट दिने कुनै पनि निर्णय नगरेको प्रष्ट्याए । निजी क्षेत्रको सहकार्यमा हुने सो अवार्ड आयोजनाका लागि १ अर्व बजेट दिन लागेको भन्दै सरकारको आलोचना भईरहेका बेला आयोजकको जिम्मेवारी पाएको बोर्डले पत्रकार सम्मेलन गरी सरकारले बजेट दिने कुनै निर्णय नगरेको स्पष्ट पारेको हो ।

बोर्डले आईफा अवार्ड नेपालको पर्यटन प्रवद्र्धनका लागि अन्त्यन्तै ठूलो अवसर भएकाले पनि नेपालमा गर्ने निर्णयमा सरकार पुगेको जनाएको छ । अवार्डको आयोजनाबाट नेपाल र राजधानी काठमाडौंको परिचय विश्वमाझ पुग्ने पनि बोर्डको अपेक्षा छ । बलिउडका कलाकारहरु सहभागी हुने आईफा अवार्ड पर्यटन प्रवद्र्धनका लागि अति उपयोगी हुने भएकाले आयोजना गर्न लागिएको पनि प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।

जोशीका अनुसार अवार्ड आयोजना गर्ने मिति र त्यसका लागि बजेट व्यवस्था गर्ने काम आगामी दिनमा हुने छलफलबाट तय हुनेछ । मन्त्रीपरिषद बैठकले अवार्ड आयोजकको रुपमा नेपाल पर्यटन बोर्डलाई अनुमति दिने निर्णय गरिसकेको छ भने काठमाडौं महानगरपालिकाले सहआयोजकको भूमिका निर्वाह गर्नेछ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ६ : ०२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह