'उडान कटौती र उपकरण चलाउन पहल नगर्नेले कसरी रोजगारी दिन्छन् ?' | Khabarhub Khabarhub

‘उडान कटौती र उपकरण चलाउन पहल नगर्नेले कसरी रोजगारी दिन्छन् ?’


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– पूर्वगृहमन्त्री निरञ्जन थापाले विमानस्थलमा रोजगारी दिन्छु भनेर हिँड्ने उम्मेदवारले सञ्चालित अन्तराष्ट्रिय उडानको कठौती गरेको बताएका छन् । भएको उपकरण चलाउनका लागि पहलसमेत गर्न नसकेको सरकारले रोजगारीको लोभ दिएर स्थानीयलाई भ्रममा पारिरहेको उनले बताए । 

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर-९ को संयुक्त सम्पर्क कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै थापाले सरकारकै व्यवस्थापनमा चलिरहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल सत्तारूढ दलका उम्मेदवारले विमानस्थलमा रोजगारी दिन्छौं भन्दै हिँड्नु जनतामा भ्रम छर्ने काम भएको बताए । 

जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको विमानस्थल दैनिक पछि अहिले  साताको ३ वटा उडानमा सिमित छ । आकस्मिक अवतरण हुन सक्छ भनेर २४ घण्टा नै खुला गरेर लाखौ रकम स्वाहा भइरहँदो सुरक्षा सम्बद्ध आधुनिक उपकरण सञ्चालनमा सरकारले पहल गरेको छैन । 

कमजोर भिजिबिलीटी हुँदा पनि उडान-अवतरण होस भनेर झण्डै एक अर्ब खर्चेर इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जडान भयो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरबाही र भारतीय पक्षको बेवास्ताका कारण आइएलएस भारत सरकारको अनुमतिबिना प्रयोग हुन नसक्ने अवस्था ल्याएकोमा सरकारको ध्यानाकर्षण हुन नसकेको उनको आरोप छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजकसमेत रहेका थापाले विगतमा कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन रु भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : ०८ बजे

राईजिङ स्टार क्रिकेट एकेडेमीले ‘यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट’ को आयोजना गर्ने 

काठमाडौं– राईजिङ स्टार क्रिकेट एकेडेमीले यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट

सुनील पौडेललाई एक लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ – विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी

विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम

नेपाल र भियतनामबीचको सम्बन्ध अझ प्रगाढ बनाउन छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी

प्रचण्डले भने- माओवादी र दलाल, नोकरशाही, बिचौलिया सँगसँगै रहन सक्दैनन्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई