साउदी धनाढ्यसँगको विवाहले संकटमा पश्चिमा महिला | Khabarhub Khabarhub

साउदी धनाढ्यसँगको विवाहले संकटमा पश्चिमा महिला


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

साउदी अरेबियाका नागरिकसँग विवाह भएका अमेरिकी, क्यानडा र बेलायतकी मूलका महिला अहिले समस्यामा पर्न थालेका छन्। त्यहाँ जिन्दगीको धेरै विषयमा समन्वय हुन नसकेपछि साउदी नागरिकसँगको उनीहरूको सम्बन्ध टुटेको छ। त्यहाँ आफैले लिएर गएको तथा त्यहीँ जन्म दिएको बच्चालाई स्वतन्त्र बनाउँदै बाहिर निकाल्नसमेत उनीहरुलाई समस्या भएको छ। यस कार्यमा सरिक अभियन्ताकै मतमा कतिपयले त आफ्नै देशबाट पनि पर्याप्त सहयोग पाएका छैनन्।

अमेरिकी आमा काली मोरियर पाँच वर्षको बच्चा बोकेर त्यहाँ पुग्दा सबै कुरा ठिकठाक थियो। उनी छोरी तालासँग त्यहाँ पुगेकी थिइन्। यी बच्चाका बाबु अध्ययनको सिलसिलामा अमेरिका पुगेपछि मोरियरसँग प्रेममा बाँधिएका थिए। त्यसै प्रेमको नतिजा स्वरूप तालाको जन्म भएको हो। पछि यी दुईको सम्बन्ध विच्छेद भएको थियो।

साउदी पुगेपछि हजुरबा र हजुरआमाले नातिनीको मुख हेर्न चाहेको भन्दै उनले पूर्व श्रीमती र छोरीका लागि एक महिनाको भिसा मिलाइ दिएका थिए। मोरियर पनि पूर्व श्रीमानको अनुरोध स्वीकार गर्दै साउदी पुगेकी हुन्। उनी अहिले एक होटेलमा बन्दी जस्तो जीवन बिताइरहेकी छिन्। जुन, होटेल उनकै पूर्व श्रीमानले बन्दोबस्त गरेका थिए। ‘एक सातापछि उ आएर मेरो नागरिकता र पासपोर्ट लिएर गएको थियो। यहाँबाट बाहिर निकाल्नका लागि भनेर लिएर गए पनि उसले त छोरीलाई साउदी नागरिक नै बनाइसकेछ,’ दुखित हुँदै मोरियरले भनिन्।

मोरियर पूर्व श्रीमानको अनुरोध स्वीकार गर्दै साउदी पुगेकी हुन्। उनी अहिले एक होटेलमा बन्दी जस्तो जीवन बिताइरहेकी छिन्। जुन, होटेल उनकै पूर्व श्रीमानले बन्दोबस्त गरेका थिए।

अमेरिकामा जन्मिएर हुर्के पनि उनी साउदी नागरिक भएकी छिन्। दोहोरो नागरिकता त्यहाँ स्वीकार्य हुँदैन। साउदी कानुनका अनुसार बाबुको अनुमति बिना छोरीले त्यो देश छाड्न पाउँदैनन्। यसै कारण पनि अब तालाले साउदी अरेबिया छाड्न पाउने या नपाउने भन्ने कुरा उनकै बाबुमा निर्भर रहने अवस्था आइसकेको छ।

बिहानै छोरीलाई लिएर जाने र बेलुका मात्र फर्कने उसका बाबुको दिनचर्या थियो। यस बीचमा उनकी आमाका लागि बाकसमा प्याक गरेको केही खाने कुरा होटेलमा नै आइपुग्ने गरेको थियो। दुई वर्ष यसरी बिताइ सकेपछि मोरियरले अमेरिकी संसदलाई चिठी लेख्दै सहयोगको याचना गरेकी हुन्।

यो कुरा थाहा पाएका श्रीमान् रिसाएर दुई महिनासम्म छोरी लिएर गायब भए। यसपछि उनले अपहरणको मुद्दा दर्ता गरे पनि उनका बाबु आएर अपहरण गरेको कुरा अस्वीकार गरे। यसपछि उनले ह्वाइट हाउसमा यो कुरा राखिन्। गत जुलाइमा अमेरिकी राष्ट्रपति जो वाइडेन साउदी अरेबियाको भ्रमणमा रहँदा आफ्नो समस्या समाधान हुनेमा उनी अत्यन्त धेरै आशावादी भएकी थिइन्। त्यो आशा पनि निराशामा परिणत भयो।

मोरियरको आमा ह्वाइटको विचारमा साउदी धनाढ्यको प्रभाव र आफ्नो देशको अर्थतन्त्र हेरेर अमेरिकी सरकारले यो कुरालाई जोडसँग उठाउन नसकेको भन्ने छ। साउदी अरेबिया संसारकै ठूलो तेल उत्पादक देश हो। यसले अहिलेको ऊर्जा सङ्कटमा धेरैलाई साथ दिएको छ। यस कारण साउदी शासकको सामु शक्ति राष्ट्रका नेता पनि मौन रहेको उनको ठहर छ।

मोरियरको आमा ह्वाइटको विचारमा साउदी धनाढ्यको प्रभाव र आफ्नो देशको अर्थतन्त्र हेरेर अमेरिकी सरकारले यो कुरालाई जोडसँग उठाउन नसकेको भन्ने छ।

क्यालिफोर्नियामा रहेकी हजुरआमा ह्वाइटलाई नातिनीको पढाइको धेरै चिन्ता छ। नातिनी तीन वर्षमा एक पटक पनि विद्यालय गएकी छैनन्। मोरियरलाई भने छोरीको मानसिक स्वास्थ्यमा अहिलेको घटनाले पार्ने असरको धेरै चिन्ता छ।

‘म उनीसँग राम्रोसँग बोल्न पनि सक्दिन। उनी अन्य नचिनेको मानिससँग बोल्दिनन्। घर परिवारसँग कुरा गराउन खोज्दा उनी क्यामराबाट लुक्न खोज्छिन्। यसले मलाई नै उदेक लाग्छ ,’ अबोध छोरीको बाल्यकालमा आएको सङ्कटका बारे आमाको चिन्ता हो यो।

अमेरिकामा रहेको मानव अधिकार नियोगका अनुसार साउदी पुरुषसँग विवाह गरेर आफ्नो सन्तानलाई बाहिर निकाल्न सङ्घर्ष गरिरहेका ५० भन्दा बढी अमेरिकी महिलामध्ये उनी एक हुन्। यस्तो समस्या भोग्ने क्यानडा र बेलायत लगायत अन्य पश्चिमा देशका पनि धेरै हुन सक्छन्।

आफ्नै छरीलाई ‘एक्जीट भिसा’ का लागि दुई वर्ष सङ्घर्ष गरेकी बेथाली अल्हीदारी पछिल्लो समय कसैले पनि सफलता नपाएको बताउँछिन्। उनको पनि सरकारले कुनै सहयोग नगरेको अनुभव छ। उनलाई आफूहरूले गरेको सङ्घर्ष हेरेर अमेरिकी सरकारको भूमिका पनि त्यत्ति सकारात्मक लागेको छैन।

रियादमा रहेको अमेरिकी दूतावासले भने साउदी नागरिकको समस्या आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै मोरियर र साउदी सरकारसँग लगातार सम्पर्क अघि बढाएको बताउँछ।

लामो अदालती लडाइँपछि मोरियरले छोरी तालालाई साथमा राख्न पाएकी छन्। तर, त्योसँगै उनलाई पनि साउदी अरेबिया नछाड्न आदेश भएको छ। यो आदेशसँग उनी अहिले बन्दी जस्तो जीवन बिताइरहेकी छिन्। ‘पछिल्ला दुई वर्ष म होटेलमा एउटै कोठामा रहेँ। कसैले पनि मेरो अनुहारसमेत हेरेन। मैले बाहिरको जिन्दगीसमेत थाहा पाइन,’ अन्य थुप्रै आरोप लगाइएकी उनले भनिन्।

साउदी अरेबिया संसारकै ठूलो तेल उत्पादक देश हो। यसले अहिलेको ऊर्जा सङ्कटमा धेरैलाई साथ दिएको छ। यस कारण साउदी शासकको सामु शक्ति राष्ट्रका नेता पनि मौन रहेको उनको ठहर छ।

उनलाई अहिले अर्को ठूलो चिन्ता छ। श्रीमानले पहिले नै धर्म परिवर्तन गराएर इस्लाम बनाएका थिए। त्यस संस्कार अनुसारको पहिरन उनले लगाउने गरेकी छैनन्। छोरीसँगको मुद्दा जिती सकेपछि उनका पूर्व श्रीमानले मोरियरले सम्पूर्ण मुस्लिम र साउदीको अपमान गरेको भन्दै अर्को आरोप लगाएका छन्। यस कारण छोरीलाई घर भित्र्याउनु अगाडि नै उनले मृत्युदण्डको सामना गर्नु पर्ने पनि हुनसक्छ।

यी सबै घटनामा उनी आफैलाई दोषी ठान्छिन्। ‘धेरैले मलाई त्यस देशमा जानै नहुने र गएपछि फर्कनै नसकिने सल्लाह दिएका थिए। मैले त्यो सुनिन आफ्नै बुद्धिले अहिले यो समस्या भोगीरहेको छु,’ उनले गुनासो गरिन्।

यस्ता समस्या धेरैका छन्। यस अगाडि पनि यस्ता खराब घटना नभएका होइनन्। वासिङ्टन डिसीकी एक महिलाको यस्तै दर्दनाक कथा तीन वर्ष अगाडि नै सञ्चार माध्यममा नआएको होइन।

अमेरिकाकै विश्व विद्यालयमा अध्ययन गरेकी ती महिला साउदी धनाढ्यसँग विवाह गरेर रियाद गरेकी थिइन्। त्यही उनले बच्चालाई जन्म पनि दिएकी थिइन्। उनीहरूको सम्बन्ध विच्छेद पछि उनी साँच्चै ठूलो समस्यामा परेकी थिइन्। एन्थोनी भियरा नामकी ३४ वर्षीय ती महिलाको लागि साउदी अरेबियामा नै बन्दी जीवनको सुरुवात भएको थियो। बन्दीको मतलब उनी जेलको चार दिवार भित्र कैद भएकी त होइनन्। तर, सम्पूर्ण हक र अधिकार छिनिनुका बाबजुद उनी त्यहाँबाट बाहिर निस्कन नसक्ने अवस्थामा थिइन्।

पितृसत्तात्मक कानुन साउदी अरेबियाका महिलाका लागि कठिन मानिन्छ। स्वास्थ्य उपचारका लागि पासपोर्ट पाउन वा साउदी अरेबिया छाडेर बाहिर जान श्रीमान् या बाबुको अनुमति लिन अति आवश्यक छ। यी दुवै नभए दाजुभाइ या काकाको अनुमति अनिवार्य मानिन्छ।

कत्तिसम्म भने सम्बन्ध विच्छेद पछि उनको बैंक खातमा उनको पहुँचसमेत छैन। छोरीलाई त्यहाँबाट निकाल्न त उनका लागि पनि असम्भव नै जस्तो भइसकेको छ। यसरी समस्यामा पर्ने अन्य धेरै जना साउदी अरेबियामा नभएका होइनन्। मुस्किलले त्यहाँबाट बाहिर निस्किएर अन्यत्र गएर शरणार्थी जीवन बिताउनेको पनि कमी छैन।

त्यहाँको पितृसत्तात्मक कानुन त साउदी अरेबियाकै महिलाका लागि जीवन कठिन मानिन्छ। स्वास्थ्य उपचारका लागि पासपोर्ट पाउन या साउदी अरेबिया छाडेर बाहिर जान महिलाले श्रीमान् या बाबुको अनुमति लिन अति आवश्यक छ। यी दुवै नभए दाजुभाइ या काकाको अनुमति अनिवार्य मानिन्छ।

मोहम्मद बिन सलमानको शासन कालमा महिलामाथिको कानुन अझ कठोर बनेको छ। साउदी सत्ता महिला र पुरुष बराबर भएको बताए पनि संस्कृति जोगाउने नाममा हिंस्रक भएको छ। त्यहाँको चरम पितृसत्तात्मक कानुनको मारमा साउदी मात्र होइन, विदेशी महिला पनि परेका छन्। साउदी धनाढ्यसँग जीवन बिताउने लोभमा त धेरै पश्चिमा युवतीको जिन्दगी बरबाद भएको छ। स्रोत : बीबीसी, न्यु योर्क टाइम्स

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ११ बजे

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

भद्रपुर– झापामा गए रातीदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब

नाटकको जादुयी आकर्षण, कर्मा र कर्म

काठमाडौं – कर्मा करिब ३८ वर्ष पहिले काठमाडौंमै जन्मिएका हुन्

आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित

चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

काठमाडौं– नेपाल प्रहरीले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज