जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा छ : प्रधानमन्त्री देउवा « Khabarhub

जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा छ : प्रधानमन्त्री देउवा


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन् । साथै उनले तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप तथा विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गरे ।

वातावरण ऐन, २०७६ मा व्यवस्था भएअनुसार गठन भएको ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्’को प्रथम बैठकमा उनले उक्त विषयलाई ध्यानमा राखी सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराए । प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज सम्पन्न परिषद्को बैठकले वातावरणसम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजहरू पारित गरेको छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रारूप महासन्धिका पक्षधर राष्ट्रहरूको २७ औँ सम्मेलन (कोप–२७) इजिप्टमा यही कात्तिक २० देखि मङ्सिर २ गतेसम्म हुन गइरहेको छ । यसै सन्दर्भमा नेपालले विश्व तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसभित्र सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरूलाई आफ्नो महत्वाकाङ्क्षी राष्ट्रिय निर्धारित योगदानहरू (एनडिसिज) र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति परिमार्जन गरी पुनः बुझाउन आग्रह गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

यसको पालनामा संयुक्त राष्ट्रसङ्घीय जलवायुको सचिवालयलाई सक्रिय नेतृत्वका लागि नेपालले पैरवी गर्नुपर्ने बताउँदै उनले ‘सेन्टियागो हानि तथा नोक्सानी संयन्त्र’को प्रगति र हानि तथा नोक्सानी वित्त व्यवस्थालाई औपचारिक रूपमा ‘एजेन्डा’मा राखेर हानि तथा नोक्सानीको छुट्टै वित्त व्यवस्थाको मागलाई सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ५५ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत