उत्तर कोरियका सुरक्षाकर्मीले ह्वाइटहाउसकी प्रेस सेक्रेटरीलाई रोकेपछि… « Khabarhub

उत्तर कोरियका सुरक्षाकर्मीले ह्वाइटहाउसकी प्रेस सेक्रेटरीलाई रोकेपछि…


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार असैन्य क्षेत्रमा उत्तर कोरियाली नेता किम जोन उनसँग भेटवार्ताका लागि पुगे । त्यसक्रममा ट्रम्पले उत्तर कोरियाली जमिनमा पाइला राखे ।

जब ट्रम्प र किम जोन उनका बीच भेटवार्ता भइरहेको थियो त्यतिबेला किम जोन उनका सुरक्षाकर्मीले ह्वाइट हाउसकी प्रेस सेक्रेटरीसँग नराम्रो व्यवहार गरे ।

अमेरिकी समाचार संस्था फक्स न्यूजका अनुसार डोनाड ट्रम्प र किमबीचको भेटघाटका बीच कोरियाली सुरक्षा गार्डले ह्वाइट हाउसकी प्रेस सेक्रेटरी स्टेफनी ग्रिशमसँग ठेलमठेल र अभद्र व्यवहार गरेका थिए ।

उत्तर कोरियाली सुरक्षागार्ड अमेरिकाका पत्रकारलाई भित्र जानबाट रोकिरहेका थिए त्यतिबेला ह्वाइट हाउसकी प्रेस सेक्रेटरी स्टेफनी ग्रिशम उनीहरुसँग भिडेकी हुन् । यो भिडियोलाई अमेरिकी सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रसारण गरेका छन् ।

आइतबार अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा पुगेका थिए । असैन्यकृत क्षेत्रमा पुगेका ट्रम्पलाई उत्तर कोरियाका शासक किम जोन उनले स्वागत गरेका थिए ।

सीमा क्षेत्रमा केहीबेर हस्तमिलान गरेपछि ट्रम्प पान्जोमुन पुगेका थिए । ट्रम्प उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति समेत बनेका छन् ।

किमसँग भेटवार्ता भएपछि ट्रम्पले उत्तर कोरियामा पाइला टेक्न पाउँदा गर्व महशुस भएको बताएका थिए भने उत्तरकोरियाली शासक किमले ट्रम्पको यो भ्रमणले आफू र उनीबीचको सम्बन्ध राम्रो रहेको स्पष्ट भएको बताएका थिए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ३३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००